टेलिग्राम एपमाथि प्रतिबन्ध, तत्काल बन्द गर्न निर्देशन !

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टेलिग्राम तत्काल बन्द गर्न निर्देशन दिएको हो । टेलिग्राम एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेको भन्दै सो एपमाथि प्रतिबन्ध लगाइएको हो । टेलिग्राममार्फत फ्रडको संख्या बढेको र अपराधमा समेत संलग्नता रहेको देखिएकोले टेलिग्राम एपमाथि […]

Jul 20, 2025 - 07:19
 0
टेलिग्राम एपमाथि प्रतिबन्ध, तत्काल बन्द गर्न निर्देशन !

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टेलिग्राम तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

टेलिग्राम एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराध बढेको भन्दै सो एपमाथि प्रतिबन्ध लगाइएको हो ।

टेलिग्राममार्फत फ्रडको संख्या बढेको र अपराधमा समेत संलग्नता रहेको देखिएकोले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाइएको प्राधिकरणका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार एपमाथि बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन समेत दिइसकिएको छ ।

सो एप बन्द गर्न निर्देशन दिइसकिएको जनाउँदै प्राधिकरणले एप बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारवाही समेत गरिने प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register