प्रशासन र प्रहरी निकम्मा भन्दै जनप्रतिनिधिको सडक संघर्ष

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर र १९ वटै वडाका अध्यक्षहरु प्रमुख जिल्ला अधिकारी स्किमा श्रेष्ठ र एसपी विश्वराज खड्काविरुद्ध आन्दोलनमा उत्रिएका छन्। एक महिनाअघि वडा नं १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणका दोषीहरू अझै पक्राउ नपरेको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमै टेबल राखेर सेवा दिन थालेका छन्। प्रवक्ता न्यौपानेले सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न […]

Jul 20, 2025 - 07:52
 0
प्रशासन र प्रहरी निकम्मा भन्दै जनप्रतिनिधिको सडक संघर्ष

काठमाडौं ।

हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर र १९ वटै वडाका अध्यक्षहरु प्रमुख जिल्ला अधिकारी स्किमा श्रेष्ठ र एसपी विश्वराज खड्काविरुद्ध आन्दोलनमा उत्रिएका छन्। एक महिनाअघि वडा नं १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणका दोषीहरू अझै पक्राउ नपरेको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमै टेबल राखेर सेवा दिन थालेका छन्।

प्रवक्ता न्यौपानेले सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न गिरोहबाट आफूमाथि आक्रमण भएको र प्रहरी प्रशासनले कुनै ठोस कदम चाल्न नसकेको आरोप लगाए। प्रशासनको कमजोर समन्वय र निष्क्रियताका कारण जनप्रतिनिधिहरु असुरक्षित महसुस गरिरहेको बताएका छन्।

यसअघि प्रजिअ श्रेष्ठ कार्यशैलीका कारण पटक–पटक विवादमा परेकी छिन् भने पत्रकारमाथिको व्यवहार र धरपकडको शैलीको समेत आलोचना हुँदै आएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register