हिम स्टार उर्जा कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ। हिम स्टार उर्जा कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले साउन ४ गतेदेखि लागू हुनेगरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । सेयर रजिष्ट्रारमा नियुक्त भए सँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य […]

Jul 20, 2025 - 07:53
 0
हिम स्टार उर्जा कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ। हिम स्टार उर्जा कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले साउन ४ गतेदेखि लागू हुनेगरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रारमा नियुक्त भए सँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईसी एशिया क्यापिटलले गर्ने भएको छ ।

हिम स्टार उर्जाले गत असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको उक्त आईपीओ बाँडफाँड गत असार ३२ गगते भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register