रुससँग फेरि शान्ति वार्ता सुरु गर्न खोज्दै युक्रेन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको बताएका छन् । गत महिनादेखि रुस र युक्रेनबीचको वार्ता बेलामा जेलेन्स्कीले यस्तो बताएका हुन् । युक्रेनी वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्को हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको जेलेन्स्कीले बताए । युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने पनि उनले बताए । […]

Jul 20, 2025 - 08:05
 0
रुससँग फेरि शान्ति वार्ता सुरु गर्न खोज्दै युक्रेन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको बताएका छन् । गत महिनादेखि रुस र युक्रेनबीचको वार्ता बेलामा जेलेन्स्कीले यस्तो बताएका हुन् ।

युक्रेनी वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्को हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको जेलेन्स्कीले बताए । युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने पनि उनले बताए ।

उनले एकपटक फेरि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटघाट गर्नुपर्ने कुरा दोहोर्‍याएका छन् । ‘शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ ।’ जेलेन्स्कीले भने ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिने योजना घोषणा गर्दै ५० दिनमा युद्धविराम भएन भने रुसमाथि भारी ट्यारिफ लगाउने चेतावनी दिएका थिए ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसबेलादेखि दुई देशबिच युद्ध जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register