कामना सेवा विकास बैंक सबै सूचकमा अब्बल, ‘बिपिए अवार्ड २०२४’ बाट पनि सम्मानित

काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ करोड […]

Jul 20, 2025 - 08:38
 0
कामना सेवा विकास बैंक सबै सूचकमा अब्बल, ‘बिपिए अवार्ड २०२४’ बाट पनि सम्मानित

काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढेपछि बैंकको खुद नाफा पनि बढेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेको छ भने बैंकको खुद फि तथा कमिसन आम्दानी १५.०४ प्रतिशतले बढेको छ । त्यस्तै, कुल सञ्चालन खर्च ४.१९ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १.९७ प्रतिशतले बढेको छ । 

त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म पुग्दा बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ छ । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस ३७ पैसाले बढेर १८ रुपैयाँ १० पैसा पुुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ । ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ । 

बिपिए अवार्डबाट सम्मानित 
यता अन्य विकास बैंकको तुलनामा वित्तीय अवस्था अब्बल रहेको कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (बिपिए अवार्ड) २०२४ बाट समेत सम्मानित भएको छ । बैंकलाई नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड प्रदान गरेको हो । 

आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहितासुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ । काठमाडौँको होटल र्याडिसनमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई सो अवार्ड हस्तान्तरण गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register