११ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नेपाल प्रहरीकाअनुसार मेची, मध्यपहाडी, कालीगण्डकी करिडोर, सहिद, महाकाली राजमार्गलगायत सडक अवरुद्ध छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध भएको छ । गए राति करिब १२ बजे फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन’ बगाउँदा मेची राजमार्ग पूर्णरूपमा […]

Jul 20, 2025 - 08:44
 0
११ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नेपाल प्रहरीकाअनुसार मेची, मध्यपहाडी, कालीगण्डकी करिडोर, सहिद, महाकाली राजमार्गलगायत सडक अवरुद्ध छ ।

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध भएको छ । गए राति करिब १२ बजे फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन’ बगाउँदा मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पाँचथरमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध छ । याङवरक गाउँपालिका–३, रिजालभीरस्थित सडकमा पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध छ । आइतबार बिहान करिब पौने ६ बजे उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–८ मा महाकाली राजमार्ग अवरुद्ध भएको छ । दशरथचन्द–८ स्थित महाकाली राजमार्गअन्तर्गत बैतडी–झुलाघाट सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register