पहिरोमा पुरिएका दम्पतीको शव भेटियो

पर्वत। पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि परेको अविरल वर्षा का कारण आएको पहिरोमा विक दम्पती परेका थिए । दुवै जनाको शव पोस्टमार्टमको लागि पर्वत अस्पताल ल्याउदै गरिएको प्रहरीले जनाएको छ। राति […]

Jul 20, 2025 - 10:07
 0
पहिरोमा पुरिएका दम्पतीको शव भेटियो

पर्वत।

पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि परेको अविरल वर्षा का कारण आएको पहिरोमा विक दम्पती परेका थिए ।

दुवै जनाको शव पोस्टमार्टमको लागि पर्वत अस्पताल ल्याउदै गरिएको प्रहरीले जनाएको छ।

राति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ । स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register