टुच्च बढ्यो नेप्से, २१ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २१ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Jul 20, 2025 - 10:56
 0
टुच्च बढ्यो नेप्से, २१ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २१ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register