कर्मचारी पलायन दर रोक्न दीर्घकालीन मानव संसाधन योजना तथा राष्ट्र बैंक र सरकारको भूमिका

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा दक्ष जनशक्ति मुख्य आधारस्तम्भ हो । अनुभवी तथा दक्ष कर्मचारी गुमाउँदा संस्थाको कार्यदक्षता, ग्राहक सेवा र संस्थागत ज्ञानमा प्रत्यक्ष असर पर्छ । यस्ता संस्थामा स्थायित्व, विश्वास र निरन्तर सेवा प्रवाह अत्यन्त महत्वपूर्ण हुन्छ । तर हालको प्रतिस्पर्धी बजारमा दक्ष कर्मचारीहरूले जागिर परिवर्तन गर्ने प्रवृत्ति अझ झन बढ्दो क्रममा छ […]

Jul 20, 2025 - 11:50
 0
कर्मचारी पलायन दर रोक्न दीर्घकालीन मानव संसाधन योजना तथा राष्ट्र बैंक र सरकारको भूमिका

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा दक्ष जनशक्ति मुख्य आधारस्तम्भ हो । अनुभवी तथा दक्ष कर्मचारी गुमाउँदा संस्थाको कार्यदक्षता, ग्राहक सेवा र संस्थागत ज्ञानमा प्रत्यक्ष असर पर्छ । यस्ता संस्थामा स्थायित्व, विश्वास र निरन्तर सेवा प्रवाह अत्यन्त महत्वपूर्ण हुन्छ । तर हालको प्रतिस्पर्धी बजारमा दक्ष कर्मचारीहरूले जागिर परिवर्तन गर्ने प्रवृत्ति अझ झन बढ्दो क्रममा छ । यसले संस्थाको कार्यसम्पादन, ग्राहक सन्तुष्टि र समग्र व्यवसाय रणनीतिमा नकारात्मक असर पार्दछ । यस समस्याको समाधानका लागि मानव संसाधन विभागले समयमै दीर्घकालीन रणनीति अपनाउनु अत्यावश्यक हुन्छ जसलाई विस्तृत रुपमा उल्लेख गरिएको छ :

क) संस्थाको तर्फबाट दीर्घकालीन मानव संसाधन योजना :

१.  कर्मचारीको प्रतिभा व्यवस्थापन: मानव संसाधन विभागले कर्मचारीको प्रतिभा व्यवस्थापनलाई व्यवस्थित र रणनीतिक ढंगले अघि बढाउँदा मात्र संस्थाको दीर्घकालीन सफलता सुनिश्चित गर्न सकिन्छ । यो प्रक्रिया केवल कर्मचारी भर्नासम्म सीमित हुँदैन । यो एक निरन्तर चक्र हो जसमा भर्ना, विकास,मूल्याङ्कन र प्रतिधारण समावेश हुन्छ । मानव संसाधन विभागले एक प्रतिभा व्यवस्थापन अपनाएर संस्थाको नेतृत्व क्षमतामा सुधार ल्याउन र कर्मचारीको सन्तुष्टि बढाउन दीर्घकालीन योजना बनाउनु पर्दछ ।

-प्रतिभाको पहिचान: संस्थामा कार्यरत कर्मचारीहरुको दक्षता परीक्षण गरी कर्मचारीको दक्षता र क्षमताको मूल्याङ्कन र कर्मचारीहरुको प्रदर्शन, शिक्षा, अनुभव, तथा व्यवहारगत सूचकहरूमार्फत उच्च क्षमतावान कर्मचारी पहिचान गर्न सकिन्छ ।

-सही ठाउँमा सही व्यक्ति: मानव संसाधन व्यवस्थापकले संस्थामा कार्यरत कर्मचारीहरुलाई कर्मचारीको विविध अनुभव दिन र लुकेका क्षमताको विकास गरी कार्यदक्षता र विभिन्न भूमिका रहि कार्य गर्नको लागी संस्थाको विभिन्न कार्यालयमा मिलान गर्दा योग्यता म्यापिङ गरी कर्मचारीहरुको जागिर परिक्रमण र विस्तार गर्नुपर्दछ ।

२.  सिप विकास र तालिम: मानव संसाधन व्यवस्थापन विभागले कर्मचारीको हालको सीप र आवश्यक सीपबीचको अन्तर पत्ता लगाउने र सोही बमोजिम कमजोर क्षेत्रहरू के हुन् भन्ने निर्धारण गरी मासिक, त्रैमासिक,अर्धवार्षिक र वार्षिक रुपमा ट्रेनिङ प्लान तयार गर्ने । कर्मचारीहरुको सिप विकास तथा तालिम सञ्चालन गर्दा संस्था तथा कर्मचारीलाई उपयोग हुने किसिमको छनौट गर्नुपर्दछ । कर्मचारीहरुलाई तालिम प्रदान गर्दा आन्तरिक वा बाह्य विशेषज्ञ स्रोतव्यक्तिद्धारा तालिम उपलब्ध गराउनु पर्दछ । कर्मचारीहरुलाई तालिम उपलब्ध गराईसकेपछि कर्मचारीको व्यक्तिगत तथा संस्थागत विकासमा भएको प्रगति तथा परिवर्तनबारे समिक्षा गर्नुपर्दछ जसले गर्दा संस्थाको भावी कार्यतालिका तयार गर्न मद्दत गर्दछ ।

– स्किल म्यापिङ: प्रत्येक कर्मचारीको सीप विश्लेषण गरेर आवश्यक तालिम दिने ।

– लिडरशिप डेभलपमेन्ट प्रोग्राम: भविष्यका नेतृत्व क्षमता विकास गर्ने दीर्घकालीन योजना ।

३.  प्रगति र पदोन्नति नीति :

निष्पक्ष मूल्याङ्कन प्रणालीमार्फत पदोन्नति: मानव संसाधन विभागले जब निष्पक्षता, पारदर्शिता, र कदर मिल्छ, तब कर्मचारीहरू भावनात्मक रूपमा संस्थासँग बाँधिन्छन् । प्रदर्शनमा आधारित पदोन्नति प्रणाली संस्थाले केवल योग्य जनशक्ति टिकाउने मात्र होइन, भविष्यका लागि नेतृत्व विकास गर्न पनि सशक्त उपकरण हो । निष्पक्ष मूल्याङ्कन र प्रदर्शन–आधारित पदोन्नति प्रणालीको माध्यमबाट कर्मचारी रोक्न कायम गर्ने कार्यलाई रणनीतिक ढंगले कार्यान्वयन गर्न सक्छ । जब कर्मचारीले आफ्नो मेहनत र नतिजाको उचित मूल्याङ्कन भएर पुरस्कार पाइरहेका हुन्छन्, उनीहरू संस्थाप्रति प्रतिबद्ध, प्रेरित र दीर्घकालीन रूपमा संलग्न रहन इच्छुक हुन्छन् । निष्पक्ष मूल्याङ्कनले योग्य कर्मचारी चिनिन्छन् र उनीहरूलाई उचित अवसर दिइन्छ। यसले असन्तुष्टि कम गर्छ । यसको लागी निम्न विधिहरु अलवम्बन गर्नुपर्दछ ।

– मानव संसाधन विभागले स्पष्ट विश्वसनीय मूल्याङ्कन प्रणाली विकास गर्ने KPIs -Key Performance Indicators निर्धारण गर्ने सिट तयारी गरी कार्य सञ्चालन गर्नुपर्दछ ।

– SMART Goals – Specific, Measurable, Achievable, Relevant, Time–bound को आधारमा लक्ष्य निर्धारण ।

– पदोन्नति प्रणालीलाई पारदर्शी बनाउन सार्वजनिक प्रतिस्पर्धात्मक कार्यशैली निर्माण गर्ने ।

– पदोन्नतिको लागि योग्यता मापदण्ड स्पष्ट बनाउने जस्तै: शिक्षा, अनुभव, प्रदर्शन स्कोर र कार्यशैली आदि ।

– प्रदर्शनमा आधारित पुरस्कार र मान्यता जस्तै : वार्षिक बेस्ट पर्फर्मर अवार्ड  कार्यक्रम,उत्कृष्ट प्रदर्शन गरेपछि तलब वृद्धिको सिफारिस, तालिमको अवसर, वा नयाँ जिम्मेवारी/पद उपलब्ध गराउने ।

– Recognition in public forums  इमेल, मिटिङ वा नोटिस बोर्डमा प्रशंसा गर्ने र अन्य कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीहरुको अनुभव शेयर तथा तालिम दिन लगाउने ।

– जागिर प्रतिको विश्वसनियता कायम गर्नाले संस्थाप्रति विश्वास बढ्छ, असन्तुष्टि घट्छ ।

४. सुरक्षित र सकारात्मक कार्य वातावरण: मानव संसाधन विभागले सुरक्षित र सकारात्मक कार्य वातावरण सृजना गरेर कर्मचारीलाई दीर्घकालीन रूपमा संस्थामा रोक्न सक्दछ । यस्तो वातावरणले कर्मचारीको मनोबल, सन्तुष्टि, प्रेरणा र कार्यक्षमतामा उल्लेखनीय वृद्धि गर्छ, जसले कर्मचारी पलायन दर घटाउँछ । सुरक्षित र सकारात्मक कार्य वातावरण सृजनाले कर्मचारीहरूमा विश्वास, आत्म–सम्मान, संलग्नता र उद्देश्यको भावना पैदा गर्छ । यस्ता भावना भएका कर्मचारीहरू बाहिरी अवसरहरू खोज्नुको सट्टा, संस्थामै टिकेर योगदान दिन प्रेरित हुन्छन् ।

– शारीरिक सुरक्षा सुनिश्चित गर्ने, कार्यस्थलमा सुरक्षा निर्देशिका लागू गर्ने ।

– उपयुक्त उपकरण र कार्यस्थल डिजाइन आदि ।

– मनोवैज्ञानिक सुरक्षा: काम गर्दा गल्ती भए सजाय होइन, सिकाइका अवसर हुने वातावरण र कर्मचारीले निडरतापूर्वक बोल्न पाउने, सुझाव दिन पाउने अधिकार सृजना गर्नुपर्दछ जसले गर्दा कर्मचारी खुलेर काम गर्न सक्छन् र उनीहरू आफ्नो आत्म–सम्मानसहित संस्थामा जोडिएका रहन्छन् ।

– भेदभावरहित र समावेशी संस्कृतिको सृजना गरी निष्पक्ष रुपमा काम गर्नको लागी कार्यवातावरणको व्यवस्थापन गर्नुपर्दछ । जसले गर्दा सबै कर्मचारीहरुले “म यो संस्थामा स्वागतयोग्य छु” भन्ने महसुस गर्छन् । यसका साथै कर्मचारीको गुनासोरसुझाव सुन्ने फिडब्याक बक्स वा डिजिटल पोर्टलको व्यवस्था गर्नुपर्दछ ।

– सम्पूर्ण कर्मचारीहरुको मानवता र सम्मानमा आधारित व्यवहार गरी अशिष्ट व्यवहार, दुर्ब्यबहार, वा उत्पीडनविरुद्ध स्पष्ट नीति बनाउनुपर्दछ जसले गर्दा कार्यस्थलमै आत्म-सम्मानको भावना विकास हुन्छ ।

-कर्मचारी संलग्नता र हौसला वृद्धिका कार्यक्रमहरू जस्तै:सांस्कृतिक कार्यक्रम, खेलकुद, जन्मदिन मनाउने, प्रेरक सेमिनारहरू तय गरी सकारात्मक कार्य संस्कृति निर्माण गर्दा यस्तो संस्कारले कर्मचारीलाई बाँधेर राख्छ ।

५. नियमित कर्मचारी सन्तुष्टि सर्वेक्षण: मानव संसाधन विभागले कर्मचारीको पलायन रोक्न इम्प्लोइ इन्गेजमेन्ट एण्ड फिडब्याक सर्वेक्षणलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ । यो प्रक्रिया केवल सर्वेक्षण संकलनमा सीमित हुनु हुँदैन त्यसपछि हुने विश्लेषण, सुधार योजना र कार्यान्वयन नै निर्णायक हुन्छ । यस्तो कार्यले कर्मचारीहरु सन्तुष्टि हुने , नेतृत्वमाथिको विश्वास, संस्थामा बसी रहने चाहना । बुँदागत रुपमा यसको उल्लेख गरिएको छ :

-सकारात्मक कार्यसंस्कृति निर्माणमा सर्वेक्षणको भूमिकाले सुनुवाइ गर्ने संस्कार विकास: कर्मचारीले आफ्नो विचार, गुनासो वा सुझाव खुला रूपमा राख्न पाउने वातावरणले उनीहरूमा मूल्यवान महसुस गराउँछ ।

– विश्वास निर्माण: जब कर्मचारीले देख्छन् कि उनीहरूको फिडब्याकलाई गम्भीरतापूर्वक लिइन्छ, उनीहरूको कम्पनीमा अझ बढी विश्वास बढ्छ ।

– कसले किन जान चाहन्छ भन्ने पहिचान स् सर्वेक्षणबाट असन्तुष्ट विभाग, टिम वा स्थान पहिचान गर्न सकिन्छ । जसले गर्दा कार्य सन्तुलन, नेतृत्व व्यवहार, पारिश्रमिक वा बढुवा प्रणाली जस्ता पक्षमा असन्तुष्टि छ कि छैन भन्ने थाहा हुन्छ ।

– समस्या समाधानका लागि तत्काल कदम: एक्शन प्लान तयार गरी सर्वेक्षणको नतिजामा आधारित सुधार योजना बनाउनुपर्छ (जस्तैः ट्रेनिङ, प्रमोशन ट्रान्सपरेन्सी, मानसिक स्वास्थ्य सहायता) आदी ।

-फलो अप कम्युनिकेशन: “हामीले तपाईंहरूको फिडब्याक पाएँ र हामी यसो गर्दैछौँ” भन्ने जानकारी कर्मचारीलाई दिनु जरुरी छ ।

– इम्प्लोई इन्गेजमेन्टमा वृद्धि : यसमा कर्मचारीहरुलाई सहजै पहिचान गर्नको लागी रेक्गनाइजेशन प्रोग्रामको आयोजना गरी उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दा उनीहरू कम्पनीप्रति बढी प्रतिबद्ध हुन्छन् ।

– करियर डेभलपमेन्ट अवसर: प्रशिक्षण, स्किल अपग्रेड र बढुवा बाटो देखाउन सके पलायन कम हुन्छ ।

– डेटामा आधारित निर्णय : एचआरले सर्वेक्षण परिणाम विश्लेषण गरेर पलायनको जोखिम भएका समूह, भूमिका, स्थान वा विभाग छुट्याउन सक्छ । यस्तो विश्लेषणले प्रिडिक्टिभ मानव संसाधनमा सहयोग पुर्याउँछ-जहाँ पहिले नै कदम चाल्न सकिन्छ ।

– वर्षमा एक पटक मात्र हैन निरन्तर संवाद र मूल्याङ्कनले कर्मचारीसँग सम्बन्ध बलियो बनाउँछ ।

ख) बैक तथा वित्तीय संस्थाको बजार व्यवस्थापनमा नेपाल राष्ट्र बैक र नेपाल सरकारको भुमिका:

नेपालमा विभिन्न वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरूको पलायन दर उच्च हुँदै गएको छ, जुन संस्थाको दीर्घकालीन स्थायित्व र वित्तीय स्थायित्वका लागि चिन्ताजनक विषय हो । बैंक तथा वित्तीय संस्थामा कर्मचारी पलायन रोक्न नेपाल राष्ट्र बैकको पनि ठुलो भुमिका रहन्छ । नेपालमा बैंक तथा वित्तीय संस्थाहरू मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड मानिन्छन् । यिनको सुचारु सञ्चालन र स्थायित्वका लागि प्रभावकारी बजार व्यवस्थापन अत्यावश्यक हुन्छ । यस कार्यमा नेपाल राष्ट्र बैकको भूमिका अत्यन्त महत्वपूर्ण छ, जुन नीति निर्माण, नियमन, अनुगमन, मौद्रिक व्यवस्था तथा उपभोक्ता संरक्षणका माध्यमबाट देखिन्छ ।

नेपाल राष्ट्र बैंकले मुख्य नियामक निकायको रूपमा विभिन्न नीतिहरू निर्माण गरी बैंकको संचालनलाई सुशासनमा ल्याउने काम गर्छ जस्तै स् पूँजी पर्याप्तता, ऋण सीमा, ब्याज दर तथा तरलता व्यवस्थापन जस्ता विषयमा नीति निर्माण गरी राष्ट्र बैंकले बजारमा स्थायित्व ल्याउने कार्य गर्दछ । तर नेपालमा बैक तथा वित्तीय संस्थाको लागी महत्वपूर्ण चुनौतिको रुपमा आजको अस्थिर बजार र ग्राहकको जनगुनासोबाट सृजना भएका विभिन्न सघर्ष समिति हो । जसरी आजभोली बैक तथा वित्तीय संस्था जस्तो संवेनशिल क्षेत्रप्रति केही निश्चित अवसर प्राप्त गर्ने व्यक्तिहरुद्धारा गरिने विभिन्न क्रियाकलापहरुले वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु त्रसित भएका छन् भने दिनहु लामो समय वित्तीय क्षेत्रमा काम गरिरहेका अनुभवी कर्मचारीहरुले बैक तथा वित्तीय संस्थाको जागरिको विकल्प खोजिरहेका छन् र धेरै संख्यामा कर्मचारी बाहिरिने क्रम पनि बढेको देखिन्छ ।

जसरी दिनहु बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु तथा कार्यालयमाथि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न व्याक्ति वा समूहले दुव्र्यवहार तथा अनावश्यक रुपमा घटना घटाइएका समचारले कर्मचारीहरु सुरक्षाको अनुभुतीबाट विमुख भई जागिर छोडेर पयालयन हुनेको संख्या बढ्दो क्रममा छ । नेपाल राष्ट्र बैकले बजार सर्वेक्षण सम्बन्धि लामो समय लगाएर विभिन्न सर्वेक्षण रिर्पोट तयार गरिएको भनिएता पनि बजारमा यसको उपलब्धि र निचोड शुन्य अवस्थमा रहेको महशुस भइरहेको छ । यस चालु आर्थिक बर्षमा वित्तिय संस्थाको कारोबार सुधार गर्न जसरी वित्तीय संस्थामा कार्यरत मानव संसाधन खेपिरहेको पिडाले सबैजना सन्तुष्टि भने भएको देखिदैनन् । त्यसकारण नेपाल राष्ट्र बैकले बजार व्यवस्थापनको लागी बैक तथा वित्तीय संस्था र ग्राहकमैत्री नयां कार्ययोजना सहितका कार्यक्रमहरुको शुरुवात गरी वित्तीय स्थायित्व गर्नको लागी महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने देखिन्छ ।

साथै,नेपालमा बैंक तथा वित्तीय संस्थाको बजार व्यवस्थापनमा नेपाल सरकारको पनि अझ बढी भूमिका अत्यन्त महत्वपूर्ण र बहुआयामिक रहन्छ । सरकारले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नीति, नियमन, नियमनकारी निकाय र मार्गदर्शनका माध्यमबाट वित्तीय बजारलाई स्थायित्व, पारदर्शिता र समावेशितातर्फ डोहोर्याउने काम गर्नुपर्ने हुन्छ । जसले वित्तीय संकट, अस्थिरता, वा अफवाहबाट उत्पन्न हुने विभिन्न प्रकारका जोखिम नियन्त्रण गर्न सहजता कायम होस । नेपालमा बैक तथा वित्तीय संस्थाले दुरदराजका गाउँ–घरसम्म बैंकिङ सेवा पुर्याउन जसरी महत्वपूर्ण भुमिका निर्वाह गरी वित्तीय पहुँच पुर्याएको छन् यसको लागी सबै स्थानिय सरकार देखी केन्द्र सरकारले विभिन्न वित्तीय पहुंचका कुराहरुमा प्रोत्साहन सहित वित्तीय संस्था विरुद्ध सृजना अराजक गतिविधिहरुलाई नियन्त्रण गर्न सहयोग गर्नुपर्ने देखिन्छ ।
बैक तथा वित्तीय संस्था समाजको अर्थतन्त्रको अभिन्न अंगको रुपमा काम गरिरहेकाले यसको सुरक्षाको लागी सबै निकायको महत्वपूर्ण भुमिका हुनुपर्दछ तर नेपालमा बैक तथा वित्तीय संस्थालाई विभिन्न पक्षको हेर्ने दृष्ट्रिकोण फरक रहेकाले आज वित्तीय संस्थामा जोखिम बढीरहेको छ । यो जोखिम बढीरहनु भनेको हाम्रै व्यक्ति तथा समाजको वित्तीय अवस्था कमजोर भई समग्र अर्थतन्त्रमा देखिएको संकट हो । त्यसैले हालको जटिल बजारमा वित्तीय संस्थासंग सम्बद्ध व्यक्ति,समाज र विभिन्न निकायले प्रभावकारी रुपमा ग्राहकमैत्री वित्तीय कार्यक्रम सञ्चालन गर्नको हाल बजारमा देखिएका समस्या समाधानका लागी आवश्यक कार्यहरु गरी समग्र देशको अर्थतन्त्र सुधार गर्नको लागी महत्पूर्ण भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ । त्यसैले बैंक तथा वित्तीय संस्था समाजको वित्तीय सहायताको मेरुदण्ड भएकाले सबैले यसलाई तिरस्कार हैन स्विकार गर्ने बानिको विकास गरी समग्र देशको अर्थतन्त्र संकलनमा सहयोग गर्नुपर्छ ।

-(प्रेम बहादुर थापाको लेख)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register