एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने ४ विद्यार्थी र ५ विद्यालयलाई सम्मान

चन्द्र बस्नेत  कनकाई, ४ साउन । झापाको कनकाई नगरपालिका भित्रका २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा विद्यालयलाई सम्मान सहित पुरस्कृत गरिएको छ। श्रावण ४ गते आईतबार आज शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानले ३१ औं स्मृति दिवसको अवसर पारेर २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कनकाईका सामुदायिक तथा [...] The post एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने ४ विद्यार्थी र ५ विद्यालयलाई सम्मान appeared first on Jhapa Online.

Jul 20, 2025 - 12:00
 0
एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने ४ विद्यार्थी र ५ विद्यालयलाई सम्मान

चन्द्र बस्नेत 

कनकाई, ४ साउन । झापाको कनकाई नगरपालिका भित्रका २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा विद्यालयलाई सम्मान सहित पुरस्कृत गरिएको छ।

श्रावण ४ गते आईतबार आज शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानले ३१ औं स्मृति दिवसको अवसर पारेर २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कनकाईका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी एवम्  विद्यालयलाई सम्मान सहित पुरस्कृत गरिएको हो।

यसरी पुरस्कृत हुने विद्यार्थीहरुमा सामुदायिक विद्यालय कनकाई माद्यामिक विद्यालयबाट एउटै  ३.८६ जि पि ए प्राप्त गर्ने प्रतीक तिवारी ,प्रकृति न्यौपाने , रोहन सुवेदी तथा निजि विद्यालय झापा मेरिगोल्डकि ३.९२ जि पि ए प्राप्त गर्ने  अंकिता खनाललाई नगद सहित सम्मान पत्र दोसल्ला र अविर लगाएर सम्मान एवम् पुरस्कृत गरिएको थियोे भने विद्यालय तर्फ सामुदायिक तर्फ सिंह देवि माद्यामिक विद्यालय ८४.६ प्रतिशत तथा निजीतर्फ ग्लोबल एडुकेयर एकडेमी कनकाई-३ पाथीभरा एकडेमी कनकाई ८ ,फक्तालुङ्ग एजुकेशन फाउन्डेसन कनकाई ७ र बेनुबाजा अंग्रेज़ी विद्यालय कनकाई ५ ले सत प्रतिशत विद्यार्थी उत्रिण गराएकोमा विद्यालयका प्रधानध्यापक तथा प्रिन्सिपललाई सम्मान पत्र दोसल्ला सहित फुलमाला र अविर लगाएर सम्मान गरिएको थियोे ।

श्रावण ४ गते आईतबार आजा झापाको कनकाई ३ सुरुङ्गा स्थित होटल डिललाईटमा प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको एक संक्षिप्त कार्यक्रमका बीच विद्यार्थी र विद्यालयलाई पुरस्कृत एवम् सम्मान  गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीका रुपमा रहनुभएका नगर प्रमुख पोखरेलले समाज रुपान्तरणकालागि सामाजिक एकता अपरिहार्य रहेको बताउनुभयो। शहीद डिल्ली गौतमको व्यक्तित्वका बारेमा चर्चा गर्दै नगर प्रमुख पोखरेलले अन्याय, अत्याचार र विभेदका विरुद्ध लड्ने क्रममा वि.सं. २०५० को साउन ४ गतेका दिन शहादत हुन पुग्नुभएका शहिद गौतम अत्यन्तै लगनशील र मेहनेती भएको स्मरण गर्नुभएको थियोे ।उहाँले शहीदको सपना साकार पार्ने कार्यमा सबै राजनीतिक दल, सामाजिक संघसंस्थाहरु एक ठाउँमा उभिनु पर्ने कुरामा जोड समेत दिनुभयो ।

२०७५ सालमा दर्ता गरि निरन्तर सामाजिक कार्य गर्दै आएको  प्रतिस्ठानले शिक्षा प्रती गरेको मुल्यांकनको उच्च प्रसंङ्सा गर्दै शिक्षाको शैक्षिक एवम् भौतिक सुधारका लागि जनप्रतिनिधिले मात्रै केही गर्न नसक्ने भन्दै शिक्षक , व्यवस्थापन समिती, अविभावक संघ , आमा समूह , अविभावक , विद्यार्थी, जनप्रतिनिधि सहित विभिन्न संघ-सस्था लागिपर्ने हो भने शिक्षाको गुडस्तरमा आमूल परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिस्ट अतिथि नगर उप प्रमुख आशाशर्मा शिवाकोटीले आफ्नो विद्यार्थी स्व.गौतम एक हुनहार ,तेज दिमाग भएका अरुका मार्ग दर्शनका रुपमा रहेका व्यक्ति स्मरण गर्दै अल्पायुमा नै सहिद हुन पुग्नु भएका  यस्ता महान छोरा जन्माउने आमा र विवाह गरेको ३ वर्षमा नै एकल भई विभिन्न संङ्घर्श गर्दै २ सन्तानलाई उच्च शिक्षा गराउदै आफू पनि सरकारी सेवामा तल्लीन भई वृद्ध आमाको समेत पालन पोषण गर्दै आउनु भएकी स्व. गौतमकी धर्म पत्नी  देवका गौतमको समेत खुलेर प्रसंङ्सा गर्नुभएको थियोे ।

कार्यक्रममा पुरस्कृत हुने विद्यार्थीका तर्फबाट कनकाई माद्यामिक विद्यालयकी छात्रा प्रकृति न्यौपाने ,झापा मेरिगोल्ड अंग्रेज़ी विद्यालयकि छात्रा अंकिता खनाल सम्मानित विद्यालयका तर्फबाट सिंह देवी माद्यामिक विद्यालयका प्रधानध्यापक भोलानाथ ढुङ्गेल , पाथीभरा एकडेमी कनकाई ८ का प्रिन्सिपल श्रीकान्त थापा , रेड्क्रश सोसाइटी उप शाखा सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईं, नेकपा माओवादी नगर सचीव तेजबहादुर आचार्य  लगायतले स्मृति दिवसमा प्रतिस्ठानले शिक्षा क्षेत्रमा  गरेको कार्यको प्रसंसा गर्दै शिक्षा क्षेत्रको सुधारमा पछिल्लो समय नगरपालिका बाट पनि धेरै सहयोग पुगेको भन्दै यसलाई अझ तिव्रता दिन आग्रह गरिएको थियोे ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय रुपमा हत्या भएको थियो । हत्याकाण्डको विरुद्धमा देशव्यापी शोक फैलिएसँगै हत्याको सत्यतथ्य सार्वजनिक गर्न आन्दोलन चर्किएको थियो । सोही समयमा पार्टीको आयोजनामा झापाको दमकमा स्वतस्फुर्त निस्किएको मजदुरहरुको जुलुश अगाडि बढिरहेको बेला प्रहरीले चलाएको गोली लागेर गौतमले अमरत्व प्राप्त गर्नुभएको थियोे ।

यसरी देश र जनताका निम्ति आफ्नो ज्यानको बलिदान दिने शहिद गौतमको स्मृत्तिमा सामाजिक गतिविधि संचालन गर्न कनकाईमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष वार्षिक रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिनुभयो ।उहाँले यस अघि पनि शिक्षा क्षेत्र  अन्तर्गत न्यानो कपडा सहित  शैक्षिक सामाग्री  वितरण  ,विद्यालयमा  वृहत् स्वास्थ्य शिविर ,विक्षारोपण , विभिन्न स्थानमा सरसफाइ सहित डस्विन वितरण लगायत विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा  संविधानसभा सदस्य अम्बिका राजवन्शी  कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा न ६ का अध्यक्ष लक्ष्मी प्रसाद ओली,  कार्यपालिका सदस्य कृष्णमाया भुजेल र लक्ष्मी कटुवाल, नवल किशोर दत्त, वडा सदस्य निर्मला खड्का  हरिकुमार राई, दल बहादुर थापा मोहन सङ्रौला, नेकपा एमाले नगर अध्यक्ष गोकर्ण ओझा, रास्वपा नगर सभापति मोहन थापा, रोटरी क्लब सुरुङ्गाका अध्यक्ष डिल्ली मैनाली, लाईन्स क्लब अफ सुरुङ्गाका अध्यक्ष कुमार दाहाल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानध्यापकहरु अन्य शिक्षक प्रतिनिधि, शहिद गौतमकी माता पुण्यवती गौतम  र पत्नी देवका गौतम लगायतको उपस्थिती रहेको औपचारिक कार्यक्रमको स्वागत प्रतिष्ठानका उपाध्यक्ष तोयानाथ अधिकारीले गर्नुभएको थियोे भने कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव विनोद रानाले गर्नुभएको थियोे ।

The post एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने ४ विद्यार्थी र ५ विद्यालयलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register