झापाको कमल खोलामा बगाएर ल्याएको अवस्थामा वृद्धको शव भेटियो

कमल, ४ साउन । झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुल मुनि एक अन्दाजी ७०–८० वर्षको पुरुषको शव फेला परेको छ ।  आज दिउँसो करिब १३:०० बजे खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी राखेको थियो । मृतकको  शिवसताक्षी नगरपालिका–१ [...] The post झापाको कमल खोलामा बगाएर ल्याएको अवस्थामा वृद्धको शव भेटियो appeared first on Jhapa Online.

Jul 20, 2025 - 12:12
 0
झापाको कमल खोलामा बगाएर ल्याएको अवस्थामा वृद्धको शव भेटियो

कमल, ४ साउन । झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुल मुनि एक अन्दाजी ७०–८० वर्षको पुरुषको शव फेला परेको छ । 

आज दिउँसो करिब १३:०० बजे खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी राखेको थियो । मृतकको  शिवसताक्षी नगरपालिका–१ का ८० वर्षीय प्रभाखर पोखरेल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शवको सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। मृतक पोखरेलको मृत्युको कारण खुल्न बाँकी रहेकोले थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

The post झापाको कमल खोलामा बगाएर ल्याएको अवस्थामा वृद्धको शव भेटियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register