चीनले ब्रह्मपुत्र नदीमा बनाउन थाल्यो बाँध

काठमाडौं । चीनले तिब्बतमा ब्रह्मपुत्र नदी (यारलुङ त्साङपो) मा विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेको छ । यसको उद्घाटन शनिबार चिनियाँ प्रधानमन्त्री ली केकियाङले गरेका हुन् । एएफपीको रिपोर्टअनुसार यो बाँध परियोजनालाई बेइजिङले डिसेम्बर २०२४ मा अनुमोदन गरेको थियो । यसको कुल लागत लगभग १६७.८ अर्ब डलर रहेको बताइएको छ । यो बाँध […]

Jul 20, 2025 - 12:20
 0
चीनले ब्रह्मपुत्र नदीमा बनाउन थाल्यो बाँध

काठमाडौं । चीनले तिब्बतमा ब्रह्मपुत्र नदी (यारलुङ त्साङपो) मा विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेको छ । यसको उद्घाटन शनिबार चिनियाँ प्रधानमन्त्री ली केकियाङले गरेका हुन् ।

एएफपीको रिपोर्टअनुसार यो बाँध परियोजनालाई बेइजिङले डिसेम्बर २०२४ मा अनुमोदन गरेको थियो । यसको कुल लागत लगभग १६७.८ अर्ब डलर रहेको बताइएको छ ।

यो बाँध अरुणाचल प्रदेशको सीमानामा रहेको न्यिंगची शहर नजिकै निर्माण भइरहेको छ । भारत र बंगलादेश दुवैले यसबारे गहिरो चिन्ता व्यक्त गरेका छन् । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले यो बाँधलाई भारतको लागि पानी बम भनेका थिए ।

लगभग २,९०० किलोमिटर लामो ब्रह्मपुत्र नदी तिब्बती पठारमा हिमालय पार गर्दै २,०५७ किलोमिटर पश्चिमतिर बग्छ र त्यसपछि अरुणाचल प्रदेश हुँदै भारतमा प्रवेश गर्छ ।भारत पछि यो बंगलादेश जान्छ र त्यसपछि बंगालको खाडीमा मिल्छ, तर भारतमा प्रवेश गर्नु अघि, यो नदीले यू-टर्न लिन्छ ।

भारतीय विदेश मन्त्रालयले यस वर्ष जनवरी ३ मा एक प्रेस ब्रिफिङमा यस बाँधमाथि आपत्ति जनाएको थियो । भारतले ब्रह्मपुत्र नदीमा बाँध निर्माण गर्दा तल्लो तटीय राज्यहरूको हितमा हानि पुग्नु हुँदैन भनी भनेको थियो ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यस परियोजनामा पाँचवटा क्यास्केड जलविद्युत स्टेशनहरू समावेश हुनेछन् । यो बाँधले एक वर्षमा ३०० अर्ब युनिट (किलोवाट-घण्टा (kWh)) भन्दा बढी बिजुली उत्पादन गर्नेछ । यो बिजुलीले ३० करोड मानिसहरूको आवश्यकता पूरा गर्न सक्छ ।

यता, भारतले पनि अरुणाचल प्रदेशमा यस नदीमा ठूलो बाँध पनि निर्माण गरिरहेको छ । सन् २००६ देखि ब्रह्मपुत्र र सतलजमा पानी प्रवाह तथ्याङ्कको सम्बन्धमा भारत र चीनबीच एक विशेषज्ञ स्तरीय संयन्त्र (ELM) चलिरहेको छ ।

गत वर्ष डिसेम्बरमा एनएसए अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको वार्तामा पनि यो मुद्दा उठेको थियो । सन् २०१५ मा चीनले तिब्बतमा १.५ अर्ब डलरको जामे जलविद्युत् स्टेशन सुरु गरेको थियो ।

सम्बन्धित सामग्री – 

चीनले ब्रह्मपुत्रमा संसारकै ठूलो परियोजना बनाउँदै, भारत र बङ्गलादेशमा चिन्ता, नेपालमा पनि पर्नेछ प्रभाव

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register