आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा थुनिएका दिपेन कार्की उल्टै बढुवा, महिला कर्मचारीहरु त्राहिमाम !

काठमाडौँ । आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा थुनिएका दिपेन कार्की उल्टै बढुवा भएका छन् । बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार एनआईसी एशिया बैंकको कम्पनी सचिव रहेका कार्कीलाई सिनियर म्यानेजरमा बढुवा गरिएको हो । कार्कीले बैंकमा जागिर लगाइदिन्छु भन्दै आफ्नै महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा कार्कीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा […]

Jul 20, 2025 - 14:02
 0
आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा थुनिएका दिपेन कार्की उल्टै बढुवा, महिला कर्मचारीहरु त्राहिमाम !

काठमाडौँ । आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा थुनिएका दिपेन कार्की उल्टै बढुवा भएका छन् । बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार एनआईसी एशिया बैंकको कम्पनी सचिव रहेका कार्कीलाई सिनियर म्यानेजरमा बढुवा गरिएको हो ।

कार्कीले बैंकमा जागिर लगाइदिन्छु भन्दै आफ्नै महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा कार्कीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर एक रात हिरासतमासमेत राखेको थियो । पछि उनले ती युवतीसँग माफी मागेर बैंकमा जागिरसमेत लगाईदिने भन्दै कागजसमेत गरेका थिए ।

यतिसम्म कि बैंकका केही सिनियर कर्मचारीहरु थानामै पुगेर ती पीडित भनिएकी युवतीलाई जाहेरी फिर्ता गर्न प्रेसर दिएका थिए भने ३० दिनभित्र जागिर लगाईदिने प्रलोभनसमेत देखाएका थिए । तर, कागज गरिएजस्तो न ती युवतीलाई जागिरमा लगाइयो, न कार्कीविरुद्धको उक्त केस नै अघि बढ्यो । बरु हाल बैंकले उल्टै उनै कार्कीलाई बढुवा गरेको छ ।

बैंकको कारवाहीमा पर्नुपर्ने कार्कीलाई उल्टै संरक्षण गर्दै बैंकले बढुवा गरेपछि हाल एनआईसी एशिया बैंकमा महिला कर्मचारीहरु त्राहिमाम बनेका छन् । यौन दुर्व्यवहार गरेको आरोपमा हिरासत पुगिसकेका व्यक्तिकै बढुवा भएपछि आफूहरुले असुरक्षित महसुस गरेको उनीहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register