दमकबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

झापा, ४ साउन । झापाको दमक नगरपालिका–५ स्थित मेची स्टोर अगाडिको लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मेची स्टोर अगाडी सडक क्षेत्रमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले भारत बिहार राज्यको कटिहार जिल्ला निवासी २८ वर्षीय सुरज कुमार साहलाई पक्राउ गरेको हो । शंकास्पद रूपमा सडकमा [...] The post दमकबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

Jul 20, 2025 - 15:21
 0
दमकबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

झापा, ४ साउन । झापाको दमक नगरपालिका–५ स्थित मेची स्टोर अगाडिको लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेची स्टोर अगाडी सडक क्षेत्रमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले भारत बिहार राज्यको कटिहार जिल्ला निवासी २८ वर्षीय सुरज कुमार साहलाई पक्राउ गरेको हो ।

शंकास्पद रूपमा सडकमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्दा उनको झोलामा लुकाई राखिएको अवस्थामा प्लास्टिकमा पोको पारिएको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको हो। बरामद पदार्थ प्लास्टिकसहित ४६.७६ ग्राम र प्लास्टिक बाहेक ४२.१७ ग्राम तौलिएको छ।

उनको साथबाट रु. ३७,९०० नेपाली रुपैयाँ, डिजिटल तराजु १ थान, ओप्पो मोबाइल (सिमकार्डसहित), अगाडिको सिसा फुटेको भिभो मोबाइल १ थान र भारतीय आधार कार्ड समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

The post दमकबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register