चार्ल्टन नेपाली समाजमा चुनियो नयाँ नेतृत्व, अध्यक्ष बने वसन्त खनाल

लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टन नेपाली समाजमा नयाँ नेतृत्व चुनिएको छ। आइतबार मेरिडियन स्पोर्टस् सेन्टरमा आयोजित अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समाजको नयाँ कार्यसमितिमा अध्यक्षमा वसन्त खनाल निर्वाचित भएका छन्। उनी यसअघि समाजको सचिव थिए । कार्यसमितिको उपाध्यक्ष सुनिता कंडेल, महासचिव डा सुवोध नेपाल, सचिव पुकार ज्ञवाली र कोषाध्यक्ष विष्णु पाण्डे […]

Jul 20, 2025 - 16:40
 0
चार्ल्टन नेपाली समाजमा चुनियो नयाँ नेतृत्व, अध्यक्ष बने वसन्त खनाल


लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टन नेपाली समाजमा नयाँ नेतृत्व चुनिएको छ। आइतबार मेरिडियन स्पोर्टस् सेन्टरमा आयोजित अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

समाजको नयाँ कार्यसमितिमा अध्यक्षमा वसन्त खनाल निर्वाचित भएका छन्। उनी यसअघि समाजको सचिव थिए ।

कार्यसमितिको उपाध्यक्ष सुनिता कंडेल, महासचिव डा सुवोध नेपाल, सचिव पुकार ज्ञवाली र कोषाध्यक्ष विष्णु पाण्डे छन् भने सदस्यमा दिल जिसी, मदन पौडेल, लीलाराम सापकोटा, सीआर खरेल, सीता ढकाल र कविता गैरे चुनिएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका प्रमसख दासुराम पाण्डेले शपथग्रहण गराएका थिए ।

नयाँ समितिलाई निर्वाचन समितिका प्रमुख दासुराम पाण्डे, सदस्यसचिव फडिन्द्र भट्टराई र सदस्यहरु संगीता मरहट्ठा, कृष्ण खरेल, गोपाल अर्याल र प्रकाश कंडेल, संस्थापक अध्यक्ष सुरज केसी, पूर्व अध्यक्ष रोमनाथ पाण्डे र कृष्ण खरेलसहित सल्लाहकार एवं अतिथिहरुले बधाई तथा शुभकामना दिएका थिए ।

निवर्तमान अध्यक्ष सीता अर्यालले नयाँ समितिलाई बधाई र सफलताको शुभकामना दिंदै आफ्नो कार्यकाललाई सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् ।

नवनिर्वाचित अध्यक्ष खनालले सबैको सल्लाह, सुझावलाई मनन गर्दै संस्थालाई अगाडि बढाउने प्रतिवद्धता गरे ।

यसअघि निवर्तमान समिति अध्यक्ष सीता अर्यालको अध्यक्षतामा अधिवेशनको पहिलो सत्र सम्पन्न भएको थियो । जसमा सचिव वसन्त खनाल र कोषाध्यक्षले पेश गरेका वार्षिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । त्यस्तै विधान समिति संयोजक गंगा खरेलले पेश गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव पनि छलफलपछि अनुमोदन गरिएको थियो ।

साउथ इष्ट लन्डनको चार्ल्टन वरपर बस्ने नेपालीहरुको प्रतिनिधि संस्थाका रुपमा सन् २०११ मा समाज स्थापना भएको हो। समाजले विभिन्न चाडपर्व र अवसरमा सांस्कृतिक कार्यक्रमहरुको साथै नेपाली कक्षा, पार्क रनलगायतका गतिविधि पनि गर्दै आएको छ ।

तस्विर: प्रकाश कंडेल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register