कारागारमा कैदीबीच झडप, १३ जना घाइते

सिरहा, ४ साउन । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन्। कारागारभित्र आन्तरिक प्रशासनको नेतृत्व को गर्ने भन्ने विषयमा विवाद चर्किएपछि दुई समूहबीच झडप भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। सुरक्षाका दृष्टिकोणले उनीहरूलाई थप उपचारका [...] The post कारागारमा कैदीबीच झडप, १३ जना घाइते appeared first on Jhapa Online.

Jul 20, 2025 - 17:33
 0
कारागारमा कैदीबीच झडप, १३ जना घाइते

सिरहा, ४ साउन । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन्। कारागारभित्र आन्तरिक प्रशासनको नेतृत्व को गर्ने भन्ने विषयमा विवाद चर्किएपछि दुई समूहबीच झडप भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। सुरक्षाका दृष्टिकोणले उनीहरूलाई थप उपचारका लागि आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली कारागारमा पुगेर अवस्था नियन्त्रणमा लिएको छ। प्रशासनले झडपको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

सिरहा कारागारको क्षमता १५० कैदीबन्दीको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ। क्षमताभन्दा तीन गुणा बढी कैदी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ।

शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षा निकायहरूको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो। अनुगमनका क्रममा कुनै असहज अवस्था नरहेको बताइएको थियो। तर त्यसको भोलिपल्टै झडप हुनु कारागार व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ।

The post कारागारमा कैदीबीच झडप, १३ जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register