एनआरएन वेल्सको अध्यक्षमा डा रानाभाट, सबै पद निर्विरोध

लन्डन । गैरआवासीय नेपाली संघ यूके वेल्स राज्य समन्वय परिषदको अध्यक्षमा डा. विकास रानाभाट लगायतको कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार वेल्सको राजधानी कार्डिफमा सम्पन्न चौंथो महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा बलराम अधिकारी उपाध्यक्ष, डा अमरध्वज मल्ल सचिव, सन्जीव मैनाली सह–सचिव, भोज नारायण रेग्मी कोषाध्यक्ष, सूर्य […]

Jul 20, 2025 - 19:43
 0
एनआरएन वेल्सको अध्यक्षमा डा रानाभाट, सबै पद निर्विरोध

लन्डन । गैरआवासीय नेपाली संघ यूके वेल्स राज्य समन्वय परिषदको अध्यक्षमा डा. विकास रानाभाट लगायतको कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार वेल्सको राजधानी कार्डिफमा सम्पन्न चौंथो महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा बलराम अधिकारी उपाध्यक्ष, डा अमरध्वज मल्ल सचिव, सन्जीव मैनाली सह–सचिव, भोज नारायण रेग्मी कोषाध्यक्ष, सूर्य ढकाल सह कोषाध्यक्ष छन् ।

त्यसैगरी सदस्यहरुमा इन्द्र श्रेष्ठ, बाबु राम सुवेदी, केन्द्र लिम्बु, रामदत्त मिश्र, बाबुराम खनाल, ईश्वर प्रसाद काफ्ले र सुशील आचार्य चयन भएका छन् ।

संस्थाका सचिव डा अमरध्वज मल्लले सञ्चालन गरेको महाधिवेशनमा संस्थाकी कोषाध्यक्ष श्रीमती शोभा राणा पोखरेलले प्रस्तुत गरेको आर्थिक विवरण सभाले सर्वसम्मत पारित गरेको थियो ।

उक्त सभामा नेपाली समाज वेल्स, यूकेका अध्यक्ष पदम पुन, नेपाली समाज वेल्स, यूकेका पूर्व अध्यक्षद्वय श्रीमती लक्ष्मी केसी र श्रीमती प्रसाद पुनलगायत वेल्सका सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा धर्म सांस्कृतिक अभियान यूकेका अध्यक्ष डा. पण्डित थानेश्वर पाण्डे, नेपाली समाज वेल्स, यूकेका प्रतिनिधि सचिव बल थापा, गैरआवासीय नेपाली संघ यूके राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, गैरआवासीय नेपाली संघ यूके राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष तथा संरक्षक राम चन्द्र पोखरेलले सभालाई सम्बोधन गरेका थिए ।

गैरआवासीय नेपाली संघ यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष विभूषण मान श्रेष्ठको अध्यक्षतामा भएको उक्त महाधिवेशनमा उपस्थित सदस्यहरूबाट संकलित सल्लाह सुझाव भावी कार्ययोजनामा समावेश गरिने जानकारी ननिर्वाचित अध्यक्ष डा. रानाभाटले दिए ।

२०२५÷२७ कार्यसमितिका लागि निर्वाचन प्रक्रियामा गैरआवासीय नेपाली संघ यूके निर्वाचन समितिको निर्देशन अन्तर्गत रहेर सर्वसम्मत नयां कार्यसमिति घोषणा गरिएको थियो ।

गैरआवासीय नेपाली संघ यूके राष्ट्रिय समन्वय परिषदको निर्वाचन समितिले राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष तथा संरक्षक राम चन्द्र पोखरेललाई निर्वाचन अधिकृत तोके बमोजिम उनले राज्य समन्वय परिषद वेल्सको नव निर्वाचित कार्यसमिति सर्वसम्मत भएको घोषणा गरेका थिए ।

राज्य समन्वय परिसद, वेल्सको महाधिवेशन सम्पन्न भए संगै नवनिर्वाचित कार्यसमितिले पदको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण २७ जुलाई २०२५ मा हुने एनआरएनए यूकेको घोषणा सभामा गरिने छ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष डा विकास रानाभाटले उपस्थित सबैलाई धन्यवाद दिंदैभावी कार्ययोजनाबारे प्रकाश पारेका थिए । निर्वाचन अधिकृत पोखरेलले सम्पूर्ण सहभागी सदस्यलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register