Metro FM 94.6 Mhz. को  कार्यक्रम पाका कुरामा लोककृष्ण् भट्टराई  ।

Metro FM 94.6 Mhz. को  कार्यक्रम पाका कुरामा लोककृष्ण् भट्टराई  ।
: :

Metro FM 94.6 Mhz. को  कार्यक्रम पाका कुरामा लोककृष्ण् भट्टराई  ।

फागुन २०,काठमाडौं ।काठमाडौं महानगरपालिकाद्धारा संचालित दक्षिण एशियामै स्थानीय निकायद्धारा संचालित पहिलो सामुदायिक रेडियो मेट्रो एफ.एम.९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा आज जेष्ठ नागरिक तथा बरिष्ठ बाम बुद्धिजीवी लोककृष्ण भटटराई अतिथीको रुपमा रहनु भएको छ ।  यस कार्यक्रमको उदेश्य  जेष्ठ नागरिकहरुको  बाल्यकाल, शिक्षा,विगतको पेशा , वैवाहिक जीवन , उहाँहरुले विभिन्न पेशमा अंगालेको अनुभव,   लगायत वर्तमान समयमा उँहाहरुले भोगेका दुःख सुःख बारे पनि श्रोता समक्ष ल्याउने र यसको संदेश आजका भावी युवा युवतीबिच पुन्याउने रहेको छ ।

आजको कार्यक्रमका अतिथीको रुपमा रहनु भएका  काठमाडौं महानगरपािलका वडा नं ४ , कीर्तनचोक  निवासी लोककृष्ण् भट्टराईको जन्म वि.स. २०१२ सालमा नेपालको पुर्वी जिल्ला ओखलढुंगामा भएको थियो । उच्च शिक्षा तर्फ त्रिभुवन विश्वविद्यायलयबाट  उहाँले राजनीति शास्त्र र अर्थशास्त्रमा एम.ए .सम्मको अध्ययन गर्नु भएको छ । वि.स. २०३१ सालबाट बिद्धार्थी कालमै  नेपाल कम्यनिष्ट पार्टीमा आबद्ध हुनु भएका भट्टाईले नेपाल कम्युनिष्ट पार्टीमा संस्थापक नेता पुष्पलाल र २०५१ सालमा नेकपा एमालेबाट पहिलो पटक प्रधानमन्त्री हुनु भएका मनमोहन अधिकारीसंग सहकार्य गर्नु भएको थियो । यसैगरी मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला उहाँ नेपाल आयल निगमको अध्यक्ष समेत हुनु भएको थियो ।
 नेता मदन भण्डारी र नेपाली काँग्रेसका लौह पुरुष गणेशमान सिंहबिच २०४७ साल मा बार्ता गराउन र २०६३ सालमा माओवादी र सातदलबिच बार्ताको लागि उहाँले संयोजनको भुमिका निर्बाह गर्नु भएको थियो ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष रहनु भएका भट्टराईको पहलमा नेपाल कमयनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको जीवनीमा आधारित डकुमेन्ट्री निर्माणमा भएको छ र यो डकुमेन्ट्री केही समय पछि बिमोचन हुने भएको छ ।
नेपालको कृषि क्रान्तिमा समर्पित अष्ट ज अभियानका अध्यक्ष समेत रहनु भएका भट्टराईले नेपाल कृषि प्रधान देश रहेको र देशलाई  कृषि क्रान्ति मार्फत समृद्धि बनाउन सकिने , र  देशलाई कृषिमा सबल बनाउन सकियो भने मात्रै हाम्रा युवालाई विदेश पलायनबाट रोक्न सकिने पनि रेडियो अन्तवार्तामा आफनो धारणा राख्नु भएको  छ ।