रुपन्देहीको सैनामैना नगरपालिका बोलबम धाममा भक्ति संगीत कार्यक्रम ।

वैशाख ४, काठमाडौं । पश्चिमान्चल ५ नं प्रदेशको सैनामैना नगरपालिकाको बोलबम धाममा भक्ति संगीत , रामायण भजन तथा युगल तबला सोलो बादनको प्रस्तुती गरिएको छ । पशुपतिनाथ संगीत कला प्रतिष्ठान पश्चिमान्चल क्षेत्रीय कार्यालयको आयोजनामा भएको सो कार्यक्रममा बरिष्ठ तबला बादक तथा अच्युतराम भण्डारी संगीत एकेडेमीका संरक्षक अच्युतराम भण्डारी तथा अध्यक्ष सीता भण्डारीले युगल तबला सोलो बादनको प्रस्तुती गर्नु भएको थियो ।
सोहि अवसरमा श्री पशुपतिनाथ संगीत कला प्रतिष्ठान पश्चिमान्चलका संस्थापक अध्यक्ष अर्जुन धिमाल र गुरुकुल धामका अध्यक्ष तथा राजनीतिज्ञ कर्मीहरुले तबला बादक अच्युतराम भण्डारीलाई सम्मान गर्नु भएको थियो ।
सो अवसरमा रामायण भजन भक्तपुरका अध्यक्ष इन्द्र बहादुर तथा अर्जुन धिमालले भक्ति संगीत प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी कार्यक्रममा गुरुकुलका विद्यार्थीहरुलाई बरिष्ठ तबला बादक अच्युतराम भण्डारीले पुस्तक तथा बस्त्र उपहारस्वरुप दिनु भएको थियो ।