काठमाडौं महानगरपालिका वडा नं ४ मा नेकपा एमालेका दिनेश महर्जन वडाध्यक्षमा निर्वाचित । 

काठमाडौं महानगरपालिका वडा नं ४ मा नेकपा एमालेका दिनेश महर्जन वडाध्यक्षमा निर्वाचित । 


जेष्ठ ५, काठमाडौं । गत बैशाख ३० गते सम्पन्न ७ सय ५३ वटा स्थानीय तह निर्वाचन  अन्तगर्त काठमाडौ. महानगरपालिकामा भएको निर्वाचनमा काठमाडौंको चर्चित वडा नं ४ बाट नेकपा एमालेका वडाध्यक्षमा दिनेश महर्जनको टोली पुरै प्यानल सहित विजयी भएको छ । 
काठमाडौं महानगरपालिका वडा नं ४ मा कुल मतदाता १५ हजार पाँच सय ३३ रहेकोमा कुल नौ हजार चार सय ३१ मत खसेको थियो । त्यसमध्ये वडाध्यक्षमा उम्मेदवार दिनेश महर्जनले सवैभन्दा बढी ४६०० मत ल्याई विजयी भएका छन । उनले आफना प्रतिद्धन्दी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार राम प्रसाद न्यौपानेलाई दुइ हजार तीन सय ८ मतले पराजित गरि विजयी भएका छन । यस अघि २०७४ सालको स्थानीय तह अन्तर्गत ४ नं वडा सदस्यको उम्मेदवारमा सहभागी भई उनले काठमाडौं महानगरपालिकामा जन प्रतिनिधिहरुमा सवैभन्दा बढी मत ल्याई वडा सदस्यमा निर्वाचित भएका थिए । 
आज घोषणा भएको वडा सदस्यहरुमा क्रमश महहिला वडा सदस्यमा सन्ध्या देवी खनालले ४२४३, खुल्ला महिला सदस्यमा सरु अधिकारीले ३२८३, दलित महिला वडा सदस्यमा कल्पना सार्की बयलकोटीले ३८५९ र खुल्ला सदस्यमा नविन मैनालीले ३४५९ मत ल्याई विजयी भएका छन । 
काठमाडौं महानगरपािलकामा हालसम्म पाँचवटा वडाहरुको मत गणनाको परिणाम घोषणा भएकोमा घोषित सवै  वडामा नेकापा एमाले दलले जित हासिल गरेको छ ।