काठमाडौं महानगरपािलकाको २७ वडाको मत गणना सम्पन्न ।

काठमाडौं महानगरपािलकाको २७ वडाको मत गणना सम्पन्न ।


जेठ ११, काठमाडौं । गत बैशाख ३० गते देशभरीका ७ सात सय ५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भयो । त्यसैगरी  काठमाडौं महानगरपालिकाको ३८ वटा वडामा  पनि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । हालसम्म काठमाडौं महानगरपालिकामा ३२ वडामध्ये २७ वटा वडाको मत परिणामको घोषणा भइ सकेको छ र हाल वडा नं १३,१४,१५,१६ र १७ वडामा निर्वाचन भई रहेको छ । काठमाडौं महानगरपािलकाको राष्ट्रीय सभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलको भनाइ अनुसार पर्सि शुक्रबासम्ममा महानगरपालिकाको सवै वडाको मत परिणाम आई सक्ने बताउनु भएको छ । र आगमाी शुक्रबार भित्रमा काठमाडौं महानगरपालिका नँया मेयर तथा उपमेयर पाउने भएको छ । 

काठमाडौँ महानगरपालिकाको कुनैपनि वडामा हालसम्म नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित निकाल्न सकेका छैनन्। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार अहिले काठमाडौँ महानगरको वडा नं १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना भइरहेको छ। यी पाँच वर्ट वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ।

हालसम्म मतगणना सम्पन्न भएका काठमाडौँ महानगरका वडाहरूमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ रहेका छन्।

मतगणना सम्पन्न भएका वडाहरूमध्ये ६, ७, ८, ९, १०, ११, १२, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० को वडा अध्यक्ष कांग्रेसका उम्मेदवारले जितेका छन्।

काठमाडौँ महानगरको वडा नं.१, २, ३, ४, ५, १८, २१, २२, २३, ३१ र ३२ को वडा अध्यक्षम एमालेका उम्मेदवार विजयी बनेका छन्।