काठमाडौं महानगरपालिकाको बढी जनसंख्या भएको १६ नं वडामा नेपाली काँग्रेसका मुकुन्द रिजाल विजयी ।

काठमाडौं महानगरपालिकाको बढी जनसंख्या भएको १६ नं वडामा नेपाली काँग्रेसका मुकुन्द रिजाल विजयी ।

जेठ १२,काठमाडौं । काठमाडा्रं महानगरपालिकाको ३२ वडामध्ये सवैभन्दा बढी २०,१७५ मतदाता रहेको बडा नं १६ मा नेपाली काँग्रेसका मुकुन्द रिजाल ४०१९ मत ल्याई विजयी भएका छन । वडाध्यक्षमा रिजाल विजयी भए पनि वडा सदस्यहरुमा सवै चार जना नेकपा एमालेले विजय हासिल गरेको छ । महिला वडा सदस्यमा शारदा सुवेदी ३४८९ , दलित महिला सदस्यमा मनिता विश्वकर्मा ३४०१,सदस्य पदमा पुष्प महर्जन ३३८५ र हर्क बहादुर ३०७८ मत ल्याई विजयी भएका छन । यो वडा काठमाडौंको सोह्खुटटेमा पर्दछ । 

काठमाडौंका वडामा नेपाली कांग्रेसले आफ्नो जितसंख्या १८ पुर्‍याएको छ । सार्वजनिक पछिल्लो मतपरिणाममा वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।रिजालले ४०१९ मत ल्याएर जित हासिल गर्दा एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ भोट ल्याएर हार व्यहोरे । सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।यो वडामा कुल १२ हजार ३ सय ३६ भोट खसेको थियो । मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ ।काठमाडौंका वडाहरुमा कांग्रेसको प्रभूत्व देखिएको छ । अहिलेसम्म १८ वटा वडामा जित हासिल गर्दा एमाले १२ वडा मात्रै जितेको छ ।