संगीत रोयल्टी समाज नेपालको १६ औं स्थापना दिवस । (फोटो फिचर सहित )

संगीत रोयल्टी समाज नेपालको १६ औं स्थापना दिवस । (फोटो फिचर सहित )

 २६ जेठ , काठमाडौं । संगीत रोयल्टी समाज नेपालको १६ औं स्थापना दिवस  तथा श्रब्य सम्मान एवं रोयल्टी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंमा भएका सो कार्यक्रममा बोल्दै कार्यक्रमका  प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री प्रेम आलेले जुन देश  भाषा ,संस्कृति, कला , साहित्य र सङ्गीतमा धनी हुन्छ त्यो देशको संस्कृति पनि बलियो रहने बताउँदै नेपाल सरकारले देशको संस्कृतिलाई जगेर्ना गर्न सदैव प्रयत्न गर्ने बताउनु भयो । 


यसैगरी कार्यक्रममा नेपालको कला साहित्य र श्रष्टालाई सम्मान र रोयल्टी दिलाउन प्रयत्न गर्ने  पुर्व संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री स्वर्गीय रविन्द्रनाथ अधिकारीलाई मरणोपरान्त श्रष्ट्रा सम्मान गरिएको थियो । उहाँको सो सम्मान कार्यक्रमकी बिशिष्ट अतिथी, प्रतिनिधि सभासद तथा स्वर्गीय रबिन्द्र अधिकारीकी धमपत्नी विद्या भटटराईलाई प्रदान गरिएको थियो । सोही कार्यक्रममा बोल्दै सधासद भटटराईले श्रष्ट्राहरुलाई सम्मान गर्न तथा कलाकारले पाउने रोयल्टीको लागि आफु सदैव लाग िरहने बताउनु भयो । 


कार्यक्रममा बरिष्ठ गीतकार यादव खरेल, पुर्व मन्त्री तथा नेपाल सरकारका सचिव शंकर कोइराला, दीनश अधिकारी, प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया आदि श्रष्टाहरुलाई सम्मान गरिएको थियो । यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, गीतकार यादव खरेल, शंकर कोइराला, गायक कुमार बस्नेत,संगीतकारहरु बसन्त सापकोटा, महेश खडका, दीपक जंगम, हरिबंश आचार्य। सत्यराज आचार्य ,पशुपति शर्मा , शिव परियार आदि कलाकारहरुलाई संस्थाको तर्फबाट रोयल्टी वितरण गरिएको थियो । 


यसैगरी संस्थाका संस्थापक सदस्य रेडियो नेपालका बरिष्ठ तबला बादक राजु अग्रवाल, तबला बादक निरन्जन महर्जन, संगीतकार मनराजा नकर्मी , कमल परियार, आदि कलाकारहरुलाई पनि रोयल्टी वितरण सहित सम्मान गरिएको थियो । 
कार्यक्रम संस्थाका अध्यक्ष बरिष्ट संगीतकार सुरेश चन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।