भारत र इजिप्टका खेलाडीलाई हराउदै दिपेन्द्र र प्रतिज्ञाले जिते स्वर्ण

काठमाडौं । विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् । दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जितेका छन् । त्यस्तै प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितेकी छन् । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउदै स्वर्ण हात पारेकी हुन् । प्रतिज्ञाले […]

भारत र इजिप्टका खेलाडीलाई हराउदै दिपेन्द्र र प्रतिज्ञाले जिते स्वर्ण

काठमाडौं । विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।

दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जितेका छन् ।

त्यस्तै प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितेकी छन् । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउदै स्वर्ण हात पारेकी हुन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरेकी छन् ।

क्वाटरफाइनल समीकरण पूरा
बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सुरु भएको बाना कप भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा आजबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ टेक्सासको सुदूरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्यान्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्यान्ड, सिन्धु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटले अन्तिम आठमा स्थान बनाए ।

१८ टिमको सहभागिता रहेको पुरुष तर्फको प्रतियोगितामा समूह ‘ए’ बाट फारवेष्ट टेक्सास विजेताका रुपमा अन्तिम चारमा स्थान बनायो भने बेलमोन्ट उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनायो ।

यस्तै समूह बी बाट बाल्टिमोर युथ क्लब विजेता र एनआरएनए मेरिल्याण्ड उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगे । समुह ‘बी’ बाट योङ ब्लड विजेता र बागलुङ समाज उपविजेताको रुपमा अन्तिम आठमा पुगे ।

समूह ‘डी’ बाट सिन्धु बुद्ध र न्युयोर्क ह्वाइट अन्तिम आठमा पुगे । क्वाटरफाइनलमा फारवेष्ट टेक्सास र बागलुङ समाजबीच प्रतिस्पर्धा हुनेछ भने बेलमोन्ट र योङ ब्लड, बाल्टिमोर युथ र न्युयोर्क ह्वाइट, एनआरएनए मेरिल्याण्ड र सिन्धु बुद्धबस्च प्रतिस्पर्धा हुनेछ ।

बानाको आयोजनामा दोस्रो पटक भइरहेको प्रतियोगितामा महिला टिमलाई भने पहिलो पटक समावेश गरिएको हो । महिला तर्फ चार टिमको सहभागिता रहेको छ ।