स्प्यारो एसएमएस मार्फत एसईईको नतिजा हेर्न सकिने, यस्तो छ हेर्ने तरिका

काठमाडौं । स्प्यारो एसएमएस मार्फत एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको हो । स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ […]

स्प्यारो एसएमएस मार्फत एसईईको नतिजा हेर्न सकिने, यस्तो छ हेर्ने तरिका

काठमाडौं । स्प्यारो एसएमएस मार्फत एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको हो ।

स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ । यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन् ।

विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध गराउने जनाएको छ । विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् ।

No description available.

जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस)का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्, ‘केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो । स्प्यारो एसएमएस लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ ।’

एसईईको नतिजा एसएमएस मार्फत कसरी हेर्ने ?

१. आफ्नो मोबाइलको एसएमएस बाकसमा जानुहोस् ।

२. नयाँ एसएमएस लेख्नुहोस् ।

३. आफ्नो सिम्बोल नम्बर टाईप गरेर एउटा स्पेस दिनुहोस् ।

४.३५००१मा एसएमएस पठाउनुहोस् ।