नाडा अटो एक्सपो २०२२ स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ । नाडाले आगामी भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डाैंको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गते देखि खोल्ने भनिएकोमा सो समयावधि […]

नाडा अटो एक्सपो २०२२ स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ । नाडाले आगामी भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डाैंको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरेको हो ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गते देखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर २०७९ भाद्र १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सि.सि भन्दा माथिका दुई पांग्रे सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए पछि नाडाले एक्सपो स्थगित गर्न वाध्य भएको जनाएको छ ।

No description available.

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा हीजो श्रावण ८ गते बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले सो जानकारी दिएका हुन् ।