अमेरिकामा गायक सबिन राई तथा फेरो ब्यान्ड विरुद्ध मुद्धा दायर

आगामी अगस्त महिना देखि २ महिनाको सॅागितिक यात्रामा आउने तयारी गरि रहेका सबिन राई र फेरो ब्यान्ड (सॅगित मण्डल) तथा आयोजक विरुद्ध कानुनी मुद्दा चलाईएको छ । अमेरिकामा समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएका नेपसिनेका संचालकहरुले छापा विज्ञप्ती जारी गरि आफूसँग पहिले नै भएको सम्झौताको गायक सविन राई, फेरो ब्याण्डले भंग गरेको भन्दै आयोजक समेतलाई […]

अमेरिकामा गायक सबिन राई तथा फेरो ब्यान्ड विरुद्ध मुद्धा दायर

आगामी अगस्त महिना देखि २ महिनाको सॅागितिक यात्रामा आउने तयारी गरि रहेका सबिन राई र फेरो ब्यान्ड (सॅगित मण्डल) तथा आयोजक विरुद्ध कानुनी मुद्दा चलाईएको छ ।

अमेरिकामा समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएका नेपसिनेका संचालकहरुले छापा विज्ञप्ती जारी गरि आफूसँग पहिले नै भएको सम्झौताको गायक सविन राई, फेरो ब्याण्डले भंग गरेको भन्दै आयोजक समेतलाई अदालतमा मुद्धा दायर गरिएको बताईएको छ ।

नेपसिनेका शारद युवराज सिंह र रायन रेले नेपालका रक-पप ब्यान्ड “द सबिन राई एन्ड द फारो” का सबै सदस्यहरू विरुद्ध अमेरिकी अदालतमा कानुन उल्लंघन गरेको भन्दै मुद्दा चलाईएको बिज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ अत्यन्त खेदका साथ घोषणा गर्दछौँ की ‘हामी, नेपालका रक-पप ब्यान्ड ‘द सबिन राई एन्ड द फारो’ का सबै सदस्यहरू विरुद्ध अमेरिकी अदालतमा कानुन उल्लंघन गरेका कारण कानुनी मुद्दा चलाउँदैछौं ।

एक विशेष सम्झौता भएको ब्यान्डले संयुक्त राज्य अमेरिकामा आफ्नो व्यावसायिक संलग्नताको सबै अधिकार नेपसिनेलाई दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । आफूहरुको गोप्य जानकारीको अनाधिकृत विमोचन र यसको प्रवर्द्धकहरू विरुद्ध पक्षहरू बीचको अवस्थित व्यापार सम्बन्धमा अनावश्यक हस्तक्षेप र कम्पनीको गोप्य जानकारीको अनाधिकृत रुपमा सार्वजनिक गरिएको दाबी गरिएको छ ।

साथै यस बर्ष अग्रिम रकम पनि प्रदान गरिएकोले नेपसिनेले ३० हजार डलरको नोक्सान भएको र लामो समय सम्मका लागि सम्झौता गरे पछि मात्र लगानी गरिएको नेपसिनेले उल्लेख गरेको छ ।

तेस्रो पक्षहरूसँग सम्झौता गर्दै ब्यान्ड(संगीत मण्डली) ले हामीलाई ठूलो आर्थिक र प्रतिष्ठामा समेत नोक्सान पुर्‍याएको सम्झौता उल्लङ्घन गरेको समेत उल्लेख गरेको छ ।