निगरानी दैनिकको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न,

निगरानी दैनिकको प्रथम वार्षिकोत्सव समारोह सम्पन्न,

१५ साउन, काठमाडौं । निगरानी  दैनिकले आफनो प्रथम वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ । मिडियाले आईतबार भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु विषयक विचार गोष्ठि तथा पुरस्कार एवं सम्मान प्रदान कार्यक्रम आयोजना गरि संचारकर्मी साथै अन्य पेशाकर्मीहरुलाई सम्मान गर्दै प्रथम वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा जनसवाल राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक रामजी बगाले, ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझा , सगरमाथा पोस्ट तथा अग्निवाण साप्ताहिकका सम्पादक रविन प्रसाद थपलिया, न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्ट ढकाल र नेपाल जागरण मिडियाका अध्यक्ष रंजित धमलालाई पत्रकारिता उद्यमशिलता पुरस्कारबाट सम्मानित गरियो भने पत्रकारिता तर्फ राजधानी राष्ट्रिय दैनिकका आर्थिक बिट प्रमुख मधुजंग पाण्डेलाई आर्थिक पत्रकारिता पुरस्कार र न्युज नेपाल एचडिका संचालक तथा क्यामरापर्सन प्रताप भट्टलाई फोटोपत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभयो । त्यसैगरि अन्य पेशाकर्मी तर्फ फेसियल हाउसकी संचालक सुस्मा महरा राष्टिय महिला उद्यमी सम्मान , सरकारी सेवामा सेवारत नेपाल सरकारका अधिकृत प्रदिप न्यौपाने राष्ट्र सेवा सम्मान, सेफ लक्ष्मण प्रसाद भण्डारी हस्पिटालिटी सम्मान, विण्डो नेपाल एजुकेशन सेण्टरका संचालक तथा प्रबन्ध निर्देशक नारायण रेग्मी शिक्षा सेवा सम्मान, बाल गृह संचालक तिल बहादुर कार्की अपागंता सेवा सम्मान, सुनेरा ईन्टरनेशनलका संचालक, सन्तोष कोईराला वैदेशिक रोजगारदाता सम्मान, नेपाली व्यवसायस् संघ कतारका महासचिव रमेश भट्ट अन्तरायिटय युवा उद्यमी सम्मान, भुवन बुढा मगर रायिटय खेलाडी सम्मान र अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरु समेत सम्मानित हुनुभयो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, विशिष्ठ अतिथि गैर आवासिय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्य र निगरानी दैनिकका सम्पादक निर्मला दुलाल खनालले संयुक्त रुपमा विभुषित तथा पुरस्कृत गर्नुभयो । सो अवसरमा मन्त्री कुँवरले निगरानी दैनिकलाई शुभकामना व्यक्त गर्नुहुँदै कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड नेपाल भित्रिरहेको सन्दर्भ उल्लेख गर्नुहुँदै अझै १५देखी २० वर्ष वैदेशिक रोजगारको विकल्प नभएको उल्लेख गर्नुभयो । साथै मन्त्री कुँवरले विदेशमा कार्यरत धेरै नेपाली युवाहरु निकै नै समस्यामा रहेको घटनाहरुबाट पाठ सिक्दै सामाजिक सुरक्षा कोषको अवधारणा र नीतिगत सुधारका कामहरु सरकारी स्तरबाट भएको बताउनु हुँदै स्वदेश भित्र नयाँ रोजगारीको क्षेत्र पहिचान गरि युवाहरुलाई स्वदेश भित्र नै श्रम पोख्ने वातावरण सिर्जनाका लागि प्रयास हुँदै आईरहेको उल्लेख गर्नुभयो । त्यसैगरि, विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै गैर आवासिय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष कुल आचार्यले हालसालै मात्र दुवै सदनबाट पारित भएको नागरिकता विधयेक राष्ट्रको हितमा भएको उल्लेख गर्नुहुँदै त्यसबाट गैरआवासिय नेपालीहरुमा उत्साह थपेको प्रतिकृया दिनुभयो । साथै उहाँले विभिन्न देशहरुसँग संवाद गरि विदेशमा काम गर्ने नेपालीहरुको आर्जनको केहि हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत तमाम नेपाली साथै मुलुकको विकासमा टेवा पुग्न जाने उल्लेख गर्नुभयो । त्यसैगरि, विशेष अतिथिको आसनबाट बोल्नुहुँदै टानका अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गर्नु हुँदै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गर्नुभयो । कार्यक्रममा निगरानी दैनिककी प्रबन्ध निर्देशक निर्मला दंगाल खनालले सभापतिको आसनबाट बोल्नुहुँदै मिडियाले स्वच्छ, निर्भिक र निष्पक्ष तबरले पत्रकारिता गर्न गर्दै आएको र सोही भावना अनुरुप कार्य गर्दै जाने प्रण गर्नुभयो । कार्यक्रममा संचारकर्मीहरुको तर्फबाट बोल्नुहुँदै ग्लोरी मिडियाका हध्यक्ष सरोज ओझाले संचार क्षेलाई व्यवस्थित र मर्यादित बनाउदै अघि नबढ्दासम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनु भयो । त्यसैगरि ग्लोबल नेपलिज सेफ फेडरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले संस्कार र संस्कृतीको जगेर्ना गर्न नेपालीहरु चुकिरहेको महशुश गरेको बताउदै देशको चौथो अंगले यस विषयलाई गम्भिरतापूर्वक लिनु पर्ने बताउनु भयो । त्यसैगरि, निगरानी मिडियाका अध्यक्ष जीवन खनालले मिडियालाई माया गरि छोटो समयमा सफलतापूर्वक कार्यक्रम गर्न सक्ने अवस्थासम्म ल्याई पुर्याउन सघाउनु हुने सबैमा आभार व्यक्त गर्नुहुँदै कार्यक्रममा उपस्थिती तथा सम्मानित हुनुहुने सबैमा धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको थियो । सो अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुतहरु पस्किएका थिए ।कार्यक्रममा अन्तराष्टिय युवा उद्यमी महासंघका मध्य पूर्व अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य पुर्ण पोखरिया, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट लगायतको उपस्थिती रहेको थियो ।