अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानमा ध्रुवपद गायन ।

अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानमा ध्रुवपद गायन ।

साउन १५, अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानमा जुगलबन्दी ध्रुवपद गायन प्रस्तुत गरिएको छ । कार्यक्रमको उदघाटन सङ्गीत नाटय प्रज्ञा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षीले गर्न भएको थियो । ध्रुवपद गुरुकुल काठमाडौंका कलाकर बिशाल भटटराई र जापनाी कलाकार इनोउवे सोले राग पटदीपमा आधारित ध्रुवपद गायन प्रस्तुत गरेका थिए । उहाँहरुलाई उहाँको सहपाठी पखवाज बादक मुकेश शाक्यले चौतालमा साथ दिनु भएको थियो ।

करिब ४५ मिनेटको कलाकारद्धयको जुगलबन्दी गायनले त्यहाँ उपस्थित सवे कलाकार तथा दर्शकहरुलाई प्रभावित पारेको थियो । ध्रुवपद गायन शास्त्रीय गायनको प्राचीन रुपहो । प्राचीन समयमा ऋषि महर्षिहरुले धूवपद गायन गरेर भगवानको  श्रुति गर्ने गरको थिए । 
आज देखि अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानले हरेक महिना भक्ति सङ्गीत तथा शास्त्रीय सङ्गीतको आयोजना गर्ने प्रतिष्ठानका संरक्षक अच्युतराम भण्डारीले बताउनु भएको छ ।
वि.स. फागुन ३ गते , २०७८ सालमा काठमाडौंको कँपनी रजिष्टर कार्यालयमा दर्त भएको यो प्रतिष्ठानको विधिवत उदघाटन २०७९ साल । असार २५ गते कलाकार यादव खरेलको बाहुलीबाट भएको ।