क्यारेम खेललाई राष्ट्रियस्तरमा आधिकारिकता प्रदान

काठमाडौं । नेपालको ईतिहासमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रियस्तरमा आधिकारिता प्रदान गराउने कार्य सम्पन भएको छ । अल नेपाल क्यारेम एसोसियसन राष्ट्रियस्तरका ८० प्रतिस्प्रधीहरुबाट प्रथम, दोस्रो र तेस्रो क्रमश अशोक तामाङ, बिशेष ढकाल, करण मगर, कबिन सुनुवार, शेराज अंसारी, क्रान्ती रावल खेलाडीहरु छ्नोट गर्दै राष्ट्रिय खेलाडीहरु छ्नोट प्रक्रिया समापन गरेको हो । अक्टोबर २०२२ मा हुन […]

क्यारेम खेललाई राष्ट्रियस्तरमा आधिकारिकता प्रदान

काठमाडौं । नेपालको ईतिहासमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रियस्तरमा आधिकारिता प्रदान गराउने कार्य सम्पन भएको छ ।

अल नेपाल क्यारेम एसोसियसन राष्ट्रियस्तरका ८० प्रतिस्प्रधीहरुबाट प्रथम, दोस्रो र तेस्रो क्रमश अशोक तामाङ, बिशेष ढकाल, करण मगर, कबिन सुनुवार, शेराज अंसारी, क्रान्ती रावल खेलाडीहरु छ्नोट गर्दै राष्ट्रिय खेलाडीहरु छ्नोट प्रक्रिया समापन गरेको हो ।

अक्टोबर २०२२ मा हुन गैरहेका बिश्वकप क्यारेम खेलमा नेपालको प्रतिनिधित्व हुने गरि नेपालका राष्ट्रियस्तरका खेलाडीहरुलाई बिश्व कप क्यारेम प्रतियोगितामा भाग लिनका लागि बिदेश लैजाने तयारी थालेको छ ।
नेपालमा पहिलोपटक एसोसियसनद्धारा राष्ट्रिय क्यारेम च्याम्पियन्स कार्यक्रम साउन १३ र १४ गते राष्ट्रिय टेवल टेनिस हल लैनचौरमा सम्पन्न भएको थियो ।

No description available.
कार्यक्रमका प्रमुख अथिति युवा तथा खेलकुदमन्त्री महेस्वर जंग गहतराज (अथक) तथा राखेपका सदस्य सचिव टंक लाल घिसिङ, सुरेन्द्र ढकाल फाउण्डेशनका अध्यक्ष सुरेन्द्र ढकाल लगायतको आथित्यतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।

समापन कार्यक्रम खेलमा बिश्वकप क्यारेम एसोसियसनका महासचिव बिबेक देश नारायण, बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसेसन पश्चिम बंगालका सचिव संजिब धोसले समापन तथा पुरस्कार बितरण गर्दै खेलाडीहरुले क्यरेम खेलमा आफ्नो उच्च मनोबलका साथ बिश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउनेमा आफु आसावादी रहेको बिश्व कप क्यारेम एसोसियसनका महासचिव बिबेक देश नारायणले ब्यक्त गरेका थिए ।

No description available.
अन्तराष्टिय बिश्व कप क्यारेममा नेपालको तर्फवाट विश्व कपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई अल नेपाल क्यारेम एसोसिशनकी अध्यक्ष बिनिता अर्यालले बधाई तथा शुभकामना दिदै कार्यक्रमा साथ सह्योग गर्नु हुने सम्पूणमा धन्यबाद ज्ञापन गरेकी थिइन् ।

No description available.

बिभिन्न व्यक्तित्वहरुले मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन सुस्मा कार्की र समापन हरि तामाङ गरेका थिए ।