मालदिभ्सको खेल मैदानमै किरण चेम्जोङले प्रेमिकासँग विवाहको प्रस्ताव राखेपछि…

काठमाडौं । नेपाली फुटवल टिमका पूर्व कप्तान किरण लिम्बूले खेल मैदानमै आफ्नी प्रेमिकासँग विवाहको प्रस्ताव राखेका छन् । सोमबार मालदिभ्सको धिवेही लिगको उपाधि जितेपछि चेम्जोङले सोहि खुसीयालीमा मैदानमै आफ्नी प्रेमिका कन्चन निरौलाको औलामा औठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् । मालदिभ्सको मालेमा ट्रफि उचालेर जितको खुसीयाली मनाइरहेका बेला छेउमा रहेकी आफ्नी प्रेमिकालाई साथीहरुको बिचमा लगेर […]

मालदिभ्सको खेल मैदानमै किरण चेम्जोङले प्रेमिकासँग विवाहको प्रस्ताव राखेपछि…

काठमाडौं । नेपाली फुटवल टिमका पूर्व कप्तान किरण लिम्बूले खेल मैदानमै आफ्नी प्रेमिकासँग विवाहको प्रस्ताव राखेका छन् ।

सोमबार मालदिभ्सको धिवेही लिगको उपाधि जितेपछि चेम्जोङले सोहि खुसीयालीमा मैदानमै आफ्नी प्रेमिका कन्चन निरौलाको औलामा औठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् ।

मालदिभ्सको मालेमा ट्रफि उचालेर जितको खुसीयाली मनाइरहेका बेला छेउमा रहेकी आफ्नी प्रेमिकालाई साथीहरुको बिचमा लगेर उनले विवाहको प्रस्तावसहितको औठी लगाइदिएका हुन् ।

औठी लगाइदिएको भिडियो पोस्ट गर्दै उनले आफ्नो जीवनमा आएकोमा प्रेमिकालाई धन्यवाद दिएका छन् भने हजारौले उनीहरुलाई बधाई दिएका छन् ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईजोडी छिट्टै विवाह बन्धनमा बाधिने भएका छन् । चेम्जोङकी प्रेमिका निरौला एयर होस्टेस हुन् ।