डिशहोमको सेवाहरु अब अनलाइनबाट रिचार्ज गर्न सकिने

काठमाडौं । डिशहोमको सेवाहरु अब अनलाइनबाट नै रिचार्ज गर्न सकिने भएको छ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डिटिएच र फाइबरनेट प्लस डिटिएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको हो । कम्पनीका अनुसार अब आईएमई पे, ईसेवा, खल्ती र प्रभु पेमार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने छ । […]

डिशहोमको सेवाहरु अब अनलाइनबाट रिचार्ज गर्न सकिने

काठमाडौं । डिशहोमको सेवाहरु अब अनलाइनबाट नै रिचार्ज गर्न सकिने भएको छ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डिटिएच र फाइबरनेट प्लस डिटिएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको हो ।

कम्पनीका अनुसार अब आईएमई पे, ईसेवा, खल्ती र प्रभु पेमार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने छ । कम्पनीले रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्न आग्रह गरेको छ ।

कम्पनीले डिशहोम डीटीएच डीएफक्यु प्रयोगकर्ताले टीभी सेग्मेन्टमा गएर डिशहोममा क्लीक गरेर रिचार्ज गर्न सक्ने जनाएको छ । त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाउने ग्राहकले इन्टरनेट सेग्मेन्टमा गएर डिशहोम फाइबरनेटमा क्लीक गरेर रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी फाइबरनेट पल्स माइनस डीटिएच कम्बो प्याकेज लिएका ग्राहकले पनि टीभी सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा क्लीक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।