पिटरबरो नेपाली समाजको वार्षिक साधारणसभा सम्पन्न

पिटरबरो। पिटरबरो नेपाली समाज यूकेको वार्षिक साधारणसभा अगस्ट १ तारिख सोमबार सम्पन्न भएको छ।  समाजको वार्षिक साधारणसभा  सम्पन्न भएको छ ।  समाजका अध्यक्ष हरिहर भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभा अध्यक्ष र कार्यवाहक ट्रस्टी बाबुराम धितालले संयुक्तरूपमा उद्घाटन गरेका थिए। समाजको आफ्नै व्यवस्थापनमा सञ्चालित पिटरबरोको स्टाफफोर्ड हलमा सम्पन्न उक्त सभामा कोषाध्यक्ष दिपक बस्यालले समाजको गतवर्षको आयव्यय प्रस्तुत […]

पिटरबरो नेपाली समाजको वार्षिक साधारणसभा सम्पन्न

पिटरबरो। पिटरबरो नेपाली समाज यूकेको वार्षिक साधारणसभा अगस्ट १ तारिख सोमबार सम्पन्न भएको छ।  समाजको वार्षिक साधारणसभा  सम्पन्न भएको छ । 

समाजका अध्यक्ष हरिहर भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभा अध्यक्ष र कार्यवाहक ट्रस्टी बाबुराम धितालले संयुक्तरूपमा उद्घाटन गरेका थिए।

समाजको आफ्नै व्यवस्थापनमा सञ्चालित पिटरबरोको स्टाफफोर्ड हलमा सम्पन्न उक्त सभामा कोषाध्यक्ष दिपक बस्यालले समाजको गतवर्षको आयव्यय प्रस्तुत गरेका थिए भने महासचिव कृष्ण लुईटेलले समाजले गरेका कामको प्रतिवेदन पेश गरेका थिए। दुवै प्रतिवेदन छलफलपछि सभाबाट पारित गरिए।

समाजका पूर्व अध्यक्ष एवं विधान समितिका सदस्य किरण कार्कीले विधानमा केही बुंदा संशोधनका लागि प्रस्तुत गरेका थिए। सधारणसभाले प्रस्तावित बुंदाहरूमा व्यापक छलफल गरी केही संशोधनसहित पारित गरेको छ।

त्यस अवसरमा पिटरबरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारी, सल्लाहाकार घनश्याम पौडेल, ट्रस्टी बाबुराम घितालले शुभकामना मन्तव्य र समाजकी सचिव जुना सापकोटाले स्वगत मन्तव्य दिएका थिए।

समाजका अध्यक्ष हरिहर भट्टराईले समाजले अहिलेसम्म गरेका गतिविधिबारे जानकारी गराउँदै साधारणसभामा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए। उनले समाजको समाजिक कार्यमा निरन्तर सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै समाजले गरेका कार्यहरूलाई सफल बनाउन एकजुट हुन अनुरोध गरे ।

समाजको  साधारणसभा समाप्त भएपछि समाजका सबै सदस्यहरू पिटरबरोको रमणीय पर्यटकीय क्षेत्र नेने पार्कमा गएर विविक्यूसहितको खानपिन र नाचगानमा रमाएका थिए।