राष्ट्रिय वाणिज्य बैंकद्धारा बुटवलमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालन

काठमाडौं । बुटवल उप महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैकको एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र बुटवलमा संचालनमा ल्याइएको छ । बैंकको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका हुन् । कार्यक्रममा उप महानगरपालिकाका प्रमुख पाण्डेले […]

राष्ट्रिय वाणिज्य बैंकद्धारा बुटवलमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालन

काठमाडौं । बुटवल उप महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैकको एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र बुटवलमा संचालनमा ल्याइएको छ । बैंकको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका हुन् । कार्यक्रममा उप महानगरपालिकाका प्रमुख पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताए ।

No description available.

शाखा कार्यालय बुटवल मार्फत रहने उक्त एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ ।