जापानका विभिन्न क्षेत्रमा रोजगारीका लागि ८५० नेपाली जापान जाँदै

काठमाडौं । विभिन्न क्षेत्रमा काम गर्नका लागि ८५० जना नेपाली जापान जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार जापानीज भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका ८५० जना नेपालीलाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हो । मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार नेपाल र जापान सरकारबीच २०१९ मा भएको एक श्रम […]

जापानका विभिन्न क्षेत्रमा रोजगारीका लागि ८५० नेपाली जापान जाँदै

काठमाडौं । विभिन्न क्षेत्रमा काम गर्नका लागि ८५० जना नेपाली जापान जान पाउने भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार जापानीज भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका ८५० जना नेपालीलाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार नेपाल र जापान सरकारबीच २०१९ मा भएको एक श्रम सम्झौता अनुसार सो प्रणाली अनुरुप जापनिज भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरुले जापानको १४ वटा विभिन्न पेशागत क्षेत्रहरुमा रोजगारीका लागि जान पाउन भएका हुन् ।

जापानमा रोजगारी दिने गरी गरिएको उक्त समझदारी पत्रमा उल्लेख भएको संयुक्त, कार्यसमितिको पहिलो बैठक ुन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको र पहिलो बैठकले गरेका निर्णय अनुसार जापानमा केअरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेण्टहरुमा झण्डै ८५० नेपालीहरुले एसएसडब्लु् प्रणालीको लाभ लिइरहेको विज्ञप्तिमा जनाइएको छ ।

सोहि कार्यसमितिको १९ गते बिहीबार मन्त्रालयका सचिव राजीव पोखरेलको संयोजकत्वमा परराष्ट्र मन्त्रालय र कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरुसमेतको सम्मिलित चार सदस्यीय प्रतिनिधि मण्डल र जापान सरकारको तर्फबाट सहायक उपपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको टिम बैठकमा सहभागी हुने बताइएको छ ।
सोहि बैठकले नेपाली नागरिकहरुलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहद छलफल गरी उपयुक्र्त निर्णयका लागि श्रम मन्त्रालय र जापानको सम्बद्ध मन्त्रालयमा सिफारिस गरिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमीरेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।