एनएमबि बैंकको खुद नाफा ३६ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७८/७९मा एनएमबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७७/७८ मा बैंकले २ अर्ब ७१ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ०७८/७९ मा बैंकको खुद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रहेको छ । बैंकको खुद […]

एनएमबि बैंकको खुद नाफा ३६ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७८/७९मा एनएमबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७७/७८ मा बैंकले २ अर्ब ७१ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ०७८/७९ मा बैंकको खुद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको डिपोजिट १२.३७ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.४१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब पुगेको छ । १८ अर्ब ३६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ८४ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ १४ पैसा रहेको छ ।

एनएमबि क्यापिटलको नयाँ म्युचुअल फण्डको इकाई साउन २६ बाट