मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभाको तयारी पूरा
अमेरिका । मगर संघ अमेरिका केन्द्रीय समितिको ऐतिहासिक आठौं बार्षिक साधारणसभा यहि सनिवार अगस्ट ६ का दिन टेक्सास राज्यको डलास शहरमा हुने भएको छ । मगरहरुको बाहुल्य रहेको अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने र सभाको सम्पूर्ण तयारी पूरा भएको मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले जानकारी दिएका छन् […]


अमेरिका । मगर संघ अमेरिका केन्द्रीय समितिको ऐतिहासिक आठौं बार्षिक साधारणसभा यहि सनिवार अगस्ट ६ का दिन टेक्सास राज्यको डलास शहरमा हुने भएको छ ।
मगरहरुको बाहुल्य रहेको अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने र सभाको सम्पूर्ण तयारी पूरा भएको मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले जानकारी दिएका छन् ।
मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका टेक्सास च्याप्टरको संयोजनमा सम्पन्न हुन लागेको हो ।
प्राय न्युयोर्क, न्युजर्शी र मेरिल्याण्ड आसपासमा मगर संघ अमेरिकाले अधिबेशन र साधारणसभा गर्दै आएको भएता पनि इतिहासमा पहिलोपटक टेक्सास राज्यमा पाइला टेकेर अमेरिका भर ‘मगर संघ अमेरिका’ फैलिएको र अमेरिकाभर छरिएर रहेका मगरहरुको एकताको सन्देश दिन खोजिएको मगरले बताए ।
‘अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता – उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता’ भन्ने मुल नाराका साथ मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा सम्पन्न हुने भएको हो ।
बिगत एकदशक देखि मगर समुदाय माझ चर्चाको बिषय बनेको ‘मगर इमरजेन्सी फण्ड’लाई मुर्तरुप दिएर साधारणसभामा उद्घाटन गरिने भएको छ । यसबाट अबका दिनमा विभिन्न आपत बिपत्तको बेला मगर समुदायले सेवा पाउनेछन् ।
यसैगरी मगर विद्यार्थीहरुलाई हौसला र प्रोत्साहन, संस्थाप्रति बिद्यार्थीको आकर्षण बढाउने हेतुले पहिलोपटक तीन तहका उत्कृष्ट मगर बिद्यार्थीहरुलाई ‘मगर स्टुडेन्ट स्कलरसिप’प्रदान गर्न लागिएको र हरेक बर्ष निरन्तरता रहने जनाइएको छ ।
नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगरको प्रमुख आतिथ्य र City of Euless टेक्सास राज्यका काउन्सिल मेम्बर टीका पौडेलको विशेष अतिथिमा कार्यक्रमको समुदघाटन हुने जानकारी दिइएको छ ।
‘म मगर र मेरो मगर संघ’ भनी संस्थाप्रति सदैव उत्तरदायी रहेर काम गरिरहेका विभिन्न बिधामा पोख्त मगर बुद्धिजीवीहरुलाई टेक्सासको सुन्दर शहरमा डलासमा स्वागत गर्न पाउनु भनेको टेक्सास च्याप्टरको लागि गर्बको कुरा भएको मगर संघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष भुवन सिंह आले मगरले बताए ।
समुदघाटन समारोह, बन्दसत्र र सांस्कृतिक कार्यक्रम गरी तीन चरणको कार्यक्रमको रुपरेखा मगर संघ अमेरिका केन्द्रीय समितिका महासचिव दिप सागर बुढा मगरले सार्बजनिक गरेका छन् ।