अमेरिकामा रहेका साहित्यकार प्याकुरेलको निधन

अमेरिका । अमेरिकामा रहेका साहित्यकार दीपक प्याकुरेलको निधन भएको छ। ‘उबर’, बाह्र बर्षपछि’ र ’द वेभ अफ लाइफ’ का सर्जक दीपक प्याकुरेको विहीवार बिहान अमेरिकी समय २ बजे असामयिक निधन भएको अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवद्र्धन पूजाले जानकारी दिएका छन् । मकवानपुरका प्याकुरेल ४ वर्षअघि अमेरिकाको न्यूयोर्क पुगेका थिए । केही समयदेखि कलेजोको समस्याबाट पीडित […]

अमेरिकामा रहेका साहित्यकार प्याकुरेलको निधन

अमेरिका । अमेरिकामा रहेका साहित्यकार दीपक प्याकुरेलको निधन भएको छ।

‘उबर’, बाह्र बर्षपछि’ र ’द वेभ अफ लाइफ’ का सर्जक दीपक प्याकुरेको विहीवार बिहान अमेरिकी समय २ बजे असामयिक निधन भएको अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवद्र्धन पूजाले जानकारी दिएका छन् ।

मकवानपुरका प्याकुरेल ४ वर्षअघि अमेरिकाको न्यूयोर्क पुगेका थिए । केही समयदेखि कलेजोको समस्याबाट पीडित रहेका प्याकुरेल परदेशमा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा कलम चलाएर नेपाल र नेपालीका लागि ठूलो योगदान दिएका थिए ।

‘साहित्यकार प्याकुरेलको निधनले नेपाली साहित्यका क्षेत्रमा चम्किलो एउटा ताराको अस्त भएको हामीले महशुस गरेका छौँ । उहाँको निधनले नेपाली साहित्याकासमा अपूरणीय क्षति पुगेको छ । यो दुखद् घडीमा दिवंगत प्याकुरेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । अध्यक्ष गोवद्र्धन पूजाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

दिवंगत प्याकुरेलका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् ।

May be an image of 1 person and text