पछिल्लो २४ घण्टामा थपिए ९१२ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ४९१ नमुना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ९१२ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८९ हजार ३५० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा […]

पछिल्लो २४ घण्टामा थपिए ९१२ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ४९१ नमुना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ९१२ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८९ हजार ३५० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ३७० जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७१ हजार ६२० पुगेको छ ।
त्यस्तै आज १ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७० पुगेको छ ।

त्यसैगरी हाल नेपालमा पाँच हजार ७६० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ५८७, संस्थागत आइसोलेसनमा १७३, आइसीयुमा ४२ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

आज देशैभरी ७६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु