माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट छ–प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरु एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् । ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल र आफ्ने पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको जनाएको प्रचण्डको सचिवालयले जनाएको छ । ‘चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति […]

माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट छ–प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरु एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् ।

ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल र आफ्ने पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको जनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच विवाद बढ्दै गइरहेको छ । पेलोसी अगस्ट २ मा ताइवान पुगेकी थिइन् । उनी फर्कने बित्तिकै चीनले अगस्ट ४ मा ताइवाननजिकै सैन्य अभ्यास सुरु गरेको थियो ।

चीन र अमेरिकाबीचको सम्बन्धमा तनावतर्फ बढेकै बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले एक विज्ञप्ति मार्फत नेपाललाई त्यस मामिलामा बोल्न आग्रह गरेकी थिइन् ।