कोरियामा एकैदिन एकलाख बाह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातसम्म एक लाख १२ हजार नौ सय एक जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड २ लाख ७३ हजार ११ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण पुनः कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी […]

कोरियामा एकैदिन एकलाख बाह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातसम्म एक लाख १२ हजार नौ सय एक जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड २ लाख ७३ हजार ११ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण पुनः कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो ।

नयाँ केसमध्ये, चार सय ९७ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार आठ सय १८ जना कोरोनामुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३२० पुगेको छ । यस अवधिमा थप ७ जनाको मृत्यु भएपछि कोरोना सुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार एक सय ९१ पुगेको छ । कूल मृत्युदर ०.१२ प्रतिशत रहेको छ । (रासस\सिन्ह्वा)