भारतमा आज उपराष्ट्रपति निर्वाचन

एजेन्सी- भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुन लागेकाे हाे। साँझपछि नतिजा आउने सम्भावना छ। सत्तारूढ एनडिएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्। बंगालको पूर्वगभर्नरको विजय प्राय: निश्चित देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि सत्तारूढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा […]

भारतमा आज उपराष्ट्रपति निर्वाचन

एजेन्सी- भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुन लागेकाे हाे।

साँझपछि नतिजा आउने सम्भावना छ।

सत्तारूढ एनडिएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्।

बंगालको पूर्वगभर्नरको विजय प्राय: निश्चित देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि सत्तारूढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्।