नाडा इभि एक्स्पो हुँदै

काठमाडौं । नाडाले पहिलो पटक विद्युतीय गाडीको एक्स्पो गर्ने भएको छ । बिहीबार अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको कार्य समितिको आठौं बैठकले नाडा इभि एक्स्पो गर्ने भएको हो । उक्त इभि एक्स्पो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ […]

नाडा इभि एक्स्पो हुँदै

काठमाडौं । नाडाले पहिलो पटक विद्युतीय गाडीको एक्स्पो गर्ने भएको छ । बिहीबार अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको कार्य समितिको आठौं बैठकले नाडा इभि एक्स्पो गर्ने भएको हो ।

उक्त इभि एक्स्पो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्स्पो २०२२ गर्ने निर्णय गरेको जनाएको छ । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ ।

नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्स्पोमा सहभागी हुन अनुरोध गरेका छन् ।