प्रोटोनले ल्यायाे नयाँ अफर ‘गन्तव्य खुशीयालीको’

काठमाडौं। नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गरेर प्रोटोनले ‘गन्तव्य खुशीयालीको’ अफर ल्याएको छ । यो योजनाअन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहजइन-हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ । कम्पनीले यो अफर […]

प्रोटोनले ल्यायाे नयाँ अफर ‘गन्तव्य खुशीयालीको’

काठमाडौं। नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गरेर प्रोटोनले ‘गन्तव्य खुशीयालीको’ अफर ल्याएको छ । यो योजनाअन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहजइन-हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ ।

कम्पनीले यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने जनाएको छ । कम्पनीका अनुसार यो योजना भाद्र ३० गते देखि अधिराज्य भर सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स नेपालको लागि प्रोटोनका गाडीको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको कम्पनीले जनाएको छ ।