किसानको माग तत्काल सम्बोधन गर्न अष्ट ज अभियानको आग्रह

काठमाडौं । अष्ट ज अभियान नेपालले किसानहरुको माग तत्काल सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ । नेपाली केरा उत्पादक किसानहरुलाई निराश पार्ने गरी विदेशी केराको आयात र त्यसको प्रभावप्रति अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस सन्दर्भमा चितवन लगायत विभिन्न जिल्लाका केरा उत्पादक र किसानका माग […]

किसानको माग तत्काल सम्बोधन गर्न अष्ट ज अभियानको आग्रह

काठमाडौं । अष्ट ज अभियान नेपालले किसानहरुको माग तत्काल सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ ।

नेपाली केरा उत्पादक किसानहरुलाई निराश पार्ने गरी विदेशी केराको आयात र त्यसको प्रभावप्रति अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस सन्दर्भमा चितवन लगायत विभिन्न जिल्लाका केरा उत्पादक र किसानका माग तत्काल सम्बोधन गर्न सरकार समक्ष अनुरोध गर्दछ ।’

त्यसैगरी अभियानले मिटर व्याजबाट पीडित किसानहरुले लामो समयदेखि न्यायका लागि चालेका कार्यक्रमप्रति हार्दिक ऐक्यबद्धता प्रकट गरेको जनाएको छ ।
‘दोषी उपर कारबाही तथा पीडित किसानलाई न्याय दिन अविलम्ब माग गर्दछ ।’अभियानद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।