कोरियामा कार्यस्थलमा दुर्घटनामा परि एक नेपालीको मृत्यु

कोरिया । कोरियामा कार्यरत एक नेपालीको कामगर्ने स्थलमा दुर्घटनामा परेर मृत्यु भएको छ । सामाजिक कार्यकर्ता समेत रहेका लमजुङ बेशीसहर नगरपालिका ६ बिम्दाका इन्द्र बहादुर गुरुङको शुक्रबार राति कार्यस्थलमा दुर्घटनामा परेर मृत्यु भएको लमजुङ परिवार दक्षिण कोरियाले जनाएको छ । लमजुङ परिवारका पूर्वउपाध्यक्ष तथा सल्लाहकार, तमुधिं कोरियाका आजीवन सदस्य समेत रहेका गुरुङको मृत्युले कोरियामा रहेका […]

कोरियामा कार्यस्थलमा दुर्घटनामा परि एक नेपालीको मृत्यु

कोरिया । कोरियामा कार्यरत एक नेपालीको कामगर्ने स्थलमा दुर्घटनामा परेर मृत्यु भएको छ ।

सामाजिक कार्यकर्ता समेत रहेका लमजुङ बेशीसहर नगरपालिका ६ बिम्दाका इन्द्र बहादुर गुरुङको शुक्रबार राति कार्यस्थलमा दुर्घटनामा परेर मृत्यु भएको लमजुङ परिवार दक्षिण कोरियाले जनाएको छ ।

लमजुङ परिवारका पूर्वउपाध्यक्ष तथा सल्लाहकार, तमुधिं कोरियाका आजीवन सदस्य समेत रहेका गुरुङको मृत्युले कोरियामा रहेका नेपालीहरु स्तब्ध भएको लमजुङ परिवार कोरियाले जनाएको छ ।

सिओलदेखि २०० किलोमिटर दूरीमा रहेको छुङनाम सिटीको छङयाङ गाउँमा रहेको एक बंगुर फार्ममा कार्यरत गुरुङसँगै अर्का कोरियन नागरिकको पनि मृत्यु भएको कोरियन समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

बंगुर फार्मको पाइप जाम भएपछि पाइप मर्मत गर्ने क्रममा कार्यस्थलमै उनीहरु मृत भेटिएको बताइएको छ । उनीहरुको मृत्यु विषाक्त ग्याँसका कारण भएको हुनसक्ने अनुमान गरिएपनि घटनाका बारेमा विस्तृत आउन बाँकी रहेको बताइएको छ ।

लामो समयदेखि कोरियामा कार्यरत गुरुङ उक्त फार्ममा ८ वर्षदेखि कामगर्दै आएको बताइएको छ ।