आयोगद्धारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगद्धारा जारी सूचना अनुसार यहि असोज ११ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको हो । उक्त सूचना अनुसार प्रतिनिधि सभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रका […]

आयोगद्धारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगद्धारा जारी सूचना अनुसार यहि असोज ११ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।
उक्त सूचना अनुसार प्रतिनिधि सभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रका लागि निर्बाचन अधिकृत नियुक्त गरेको हो । साथै आयोगले जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ ।

आयोगका अनुसार निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई असोज १२ र १३ गते निर्वाचन सम्बन्धी अभिमुखिकरण तालिम दिइने छ भने यसबारेमा थप जानकारीका लागि आयोगको वेवसाइटमा गएर जानकारी लिन सकिने समेत आयोगद्धारा जारी सूचनामा उल्लेखछ ।