व्यतित बीमालेख नवीकरणमा यूनियन र प्राइम लाइफले ब्याजमा विशेष छुट दिने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा विशेष छुट दिने भएका छन् । यूनियनले बीमितहरूलाई व्यतित बीमालेख नवीकरण गर्दा शतप्रशित र प्राइमले ५० प्रतिशत ब्याज छुट दिने भएका हुन् । यूनियन लाइफले कम्पनीबाट जारी भएका बीमालेखहरूको नियमित रूपमा नवीकरण बीमाशुल्क भुक्तानी नगरी दुई वर्ष अघिदेखि व्यतित […]

व्यतित बीमालेख नवीकरणमा यूनियन र प्राइम लाइफले ब्याजमा विशेष छुट दिने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा विशेष छुट दिने भएका छन् । यूनियनले बीमितहरूलाई व्यतित बीमालेख नवीकरण गर्दा शतप्रशित र प्राइमले ५० प्रतिशत ब्याज छुट दिने भएका हुन् ।

यूनियन लाइफले कम्पनीबाट जारी भएका बीमालेखहरूको नियमित रूपमा नवीकरण बीमाशुल्क भुक्तानी नगरी दुई वर्ष अघिदेखि व्यतित अवस्थामा रहेका बीमालेखहरूको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा छुट दिने जनाएको छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी असोज १३ गतेदेखि असोज ३१ गतेसम्ममा पुनर्जागरण गर्दा लाग्ने बीमाशुल्क ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।

त्यसैगरी, प्राइम लाइफले २०७७ अजोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरूमा २०७९ अजोज ५ गतेदेखि कात्तिक ३० गतेसम्ममा पुनर्जागरण गर्दा लाग्ने ब्याज/जरिवानामा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । कम्पनीले ब्याज छुट गर्ने प्रयोजनका लागि २ वर्ष अघिदेखि व्यतित भएका बीमालेखहरूलाई मात्रै समावेश गरिने जनाएको छ ।