कोप-२७ : हानी-नोक्सानीका लागि वित्तीय व्यवस्था गर्ने सहमति

काठमाडौँ – जलवायुजन्य अतिशय विषम घटनाबाट प्रभावित भएका देश तथा समुदायका लागि विशेष वित्तीय सुविधाको व्यवस्था हुने भएको छ। इजिप्टको शर्म एल-शेखमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा राष्ट्रहरू हानी-नोक्सानी सम्बोधनका लागि वित्तको व्यवस्था गर्ने सम्बन्धमा सहमति गरेका हुन्। कोप-२७ मा पहिलोपटक हानी-नोक्सानीको मुद्धालाई वार्ताको औपचारिक एजेण्डाका रूपमा समावेश गरिएको थियो। अतिकम विकसित तथा विकासशील देशरूले […]

कोप-२७ : हानी-नोक्सानीका लागि वित्तीय व्यवस्था गर्ने सहमति

काठमाडौँ – जलवायुजन्य अतिशय विषम घटनाबाट प्रभावित भएका देश तथा समुदायका लागि विशेष वित्तीय सुविधाको व्यवस्था हुने भएको छ।

इजिप्टको शर्म एल-शेखमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा राष्ट्रहरू हानी-नोक्सानी सम्बोधनका लागि वित्तको व्यवस्था गर्ने सम्बन्धमा सहमति गरेका हुन्।

कोप-२७ मा पहिलोपटक हानी-नोक्सानीको मुद्धालाई वार्ताको औपचारिक एजेण्डाका रूपमा समावेश गरिएको थियो।

अतिकम विकसित तथा विकासशील देशरूले हानी-नाेक्सानी सम्बोधनका लागि छुट्टै वित्तीय सुविधाको व्यवस्था गरिनुपर्ने माग गर्दै आएका थिए। धनी देशहरूले भने अहिले कायम रहेकै संरचनाबाट हानी-नोक्सानीसमेत सम्बोधन गर्न सकिने बताउँदै आएका थिए।

निर्धारित समयभन्दा पछिसम्म जारी रहेको जलवायु सम्मेलनमा हानी-नोक्सानीको मुद्धा प्रमुख बनेको छ। यो सम्मेलनले जलवायुजन्य हानी-नोक्सानीबाट प्रभावित भएका देश तथा समुदायका लागि प्रविधि सहयोग प्रदान गर्नेसम्बन्धी व्यवस्था सान्टियागो नेटवर्कलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने सम्बन्धमा पनि सहमति गरेका छन्।

हानी-नोक्सानी वित्तका सम्बन्धमा धनी देशको अवरोध र अनइच्छाका कारण यो कसरी कार्यान्वयनमा आउने छ भन्ने यकिन भइसकेको भने छैन।