२ लाखमै १०० किमी रेन्ज दिने टेल्जीकाे स्कुटर

काठमाडौं । टेल्जी टाइगरमा नगद १२ हजार रुपैयाँ छुट पाइने स्कीम सार्वजनिक भएको छ । योम मा इ मोटर्सले २०२२ मोडलका टेल्जी टाइगरमा नगद छुटको स्कीम ल्याएको हो । टेल्जीको २०२२ मोडलका स्कुटर नेपाली बजारमा विक्री भइरहेको छ । कम्पनीले २ लाख १७ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको स्कुटर यो स्कीमअन्तर्गत खरिद गर्दा २ […]

२ लाखमै १०० किमी रेन्ज दिने टेल्जीकाे स्कुटर

काठमाडौं । टेल्जी टाइगरमा नगद १२ हजार रुपैयाँ छुट पाइने स्कीम सार्वजनिक भएको छ । योम मा इ मोटर्सले २०२२ मोडलका टेल्जी टाइगरमा नगद छुटको स्कीम ल्याएको हो । टेल्जीको २०२२ मोडलका स्कुटर नेपाली बजारमा विक्री भइरहेको छ ।

कम्पनीले २ लाख १७ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको स्कुटर यो स्कीमअन्तर्गत खरिद गर्दा २ लाख ५ हजार रुपैयाँ पाइने छ ।

टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो स्कुटर एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दावी छ ।

यसका अलावा यो स्कुटरमा की लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

यो स्कुटरको मूल्य २ लाख १७ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको कम्पनीले जनाएको छ । यसमा कम्पनीले १२ हजार रुपैयाँ छुट दिने जनाएको छ । छुट पश्चात ग्राहकले २ लाख ५ हजार रुपैयाँमा टेल्जी टाइगर खरिद गर्न सक्नेछन् । यसमा ग्राहकले हेलमेट, ब्याक रेष्ट चार्जज जस्ता एशोसरिज प्राप्त गर्नेछन् ।

२०२२ मोडल टेल्जी टाइगरमा मोवाइल, ग्लभ बक्स थप गरेको छ भने यसमा अटो जार्जिङ अफ गर्ने टेक्नोलोजिली थप गरिएको कम्पनीले जनाएको छ । टेल्जी नेपाली बजारमा इलेक्ट्रीक स्कुटर विक्री गर्ने कम्पनीहरुमा अग्रणी स्थानमा पर्दै आएको छ ।